महामारीमा राष्ट्रसंघको सहयोग नलिने भारतको निर्णय

काठमाडौं । कोभिड-१९को महामारीमा भारतले संयुक्त राष्ट्रसंघले प्रस्ताव गरे अनुसारको सहयोग नलिने निर्णय गरेको छ । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसले भारतमा बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै अन्य मुलुकसँग भारतलाई सहयोग गर्न अपिल गरेका थिए । यद्यपि, भारतले भने राष्ट्रसंघको सहयोग लिन अस्वीकार गरेको हो ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार गुटेरसका उपप्रवक्ता फरहान हकले भारतले सहयोगको प्रस्ताव अस्वीकार गरेको बताएका हुन् । हकका अनुसार भारतले आफूहरुसँग राम्रो स्वास्थ्य प्रणाली रहेको भन्दै राष्ट्रसंघको सहयोग नचाहिने जवाफ पठाएको हो । यद्यपि, राष्ट्रसंघले अझै पनि आवश्यक परेको अवस्थामा भारतलाई सहयोगको लागि तयार रहेको बताएको छ ।

राष्ट्रसंघले विश्वका सबै मानिस सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित नहुने भन्दै भारतलाई सहयोगको लागि आग्रह गरेको हो । अहिले भारत कोरोनाको दोस्रो लहरको सामना गरिरहेको छ । भारतमा ठूलो संख्यामा कोरोना संक्रमित फेला परेसँगै अमेरिका, बेलायत, फ्रान्सलगायतका मुलुकले आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

भारतमा एकैदिन ३ लाख ८६ हजार बढीमा कोरोना संक्रमण पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ३ लाख ८६ हजार ४५२ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा सं’क्रमणको कारण ३ हजार ४९८ जनाको मृ’त्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ८७ लाख नाघेको छ ।

त्यस्तै कोरोनाबाट मृ’त्यु हुनेको संख्या पनि २ लाख ८ हजार ३३० पुगेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३१ लाख ७० हजार नाघेको छ ।

पछिल्लो २२४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ६६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यस्तै केरलामा नयाँ संक्रमितको संख्या ३८ हजारभन्दा धेरै देखिएको छ भने कर्नाटक र उत्तर प्रदेशमा ३५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । दिल्लीमा पनि उक्त अवधिमा २४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

भारतका केही राज्यमा कोरोना संक्रमण नियन्त्रणको लागि लकडाउन वा कर्फ्यू लगाइएको छ । यद्यपि संक्रमण भने नि’य’न्त्रणमा आउन सकेको छैन । भारतमा अहिलेसम्म १५ करोड २२ लाखभन्दा धेरै डोज कोरोना खोप लगाइसकिएको छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…