पिपिई सेट लगाएर मितेर पुलमा यसरी कुरा गरे नेपाल र चीनका अधिकारीहरूले

बिहीबार दिउँसो रसुवाको रसुवागढी नाकामा रहेको नेपाल-चीनबीचको मितेरी पुलमा दुबै देशका अधिकारीहरू पुगेका थिए। आपसमा कुरा गर्न पुगेका उनीहरू सामान्य लुगा लगाएर गएका थिएनन्। दुबैतिरका सबै जनाले सेतै पिपिई सेट, फेससिल्ड लगाएका थिए।

रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार चिनियाँ पक्षले रसुवा जिल्लामा कोरोना संक्रमणको अवस्थाबारे बुझ्न खोजेपछि दुई पक्षीय वार्ता भएको हो।

‘हामी पनि पिपिई सेट लगाएर गएका थियौं। उहाँहरू पनि त्यसरी नै आउनुभएको थियो। मितेरी पुलमा उहाँहरू आफ्नोतिर, हामी आफ्नोतिर बसेर कुरा गर्‍यौं,’ प्रजिअ ढकालले भने।

दुबै पक्षबीच २० मिटरको दूरी कायम गरिएको थियो। दोभाषेसहित दुबैतिरबाट छ-छ जना सम्मिलित थिए। नेपाली पक्षको नेतृत्व प्रजिअ ढकालले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व जिलोङ (केरूङ) पोर्ट एडमिनिस्ट्रेसनका निर्देशक दा चुनले गरेका थिए।

‘दोभाषेको कुरा सुन्न माइकको पनि व्यवस्था गरिएको थियो,’ ढकालले भने। दुई पक्षबीच झन्डै डेढ घन्टा कुराकानी भएको थियो।

‘कोरोना महामारीका बारे चिनियाँ पक्ष निकै संवेदनशील छ। उहाँहरूले रसुवामा कोरोनाको अवस्था के छ? नाकामा आउने चालकहरूले कोरोना खोप लगाएका छन् कि छैनन्? जस्ता कुराहरू सोध्नुभएको थियो,’ ढकालले भने,‘हामीले हाम्रो अवस्थाबारे भन्यौं।’

ढकालका अनुसार रसुवा जिल्लाभरि अहिले कोरोनाभाइरसका २१ जना सक्रिय संक्रमित छन्। २०७२ को भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि नेपाल-चीन व्यापारको मुख्यमार्ग रसुवागढी नाका भएको थियो। २०७६ बाट कोरोनाभाइरसको महामारी सुरू भएपछि अहिले उक्त नाकामा पनि व्यापार सुस्त भएको छ।

प्रजिअ ढकालका अनुसार अहिले केरूङबाट दैनिक १२-१३ कन्टेनर सामान नेपाल आउने गरेका छन्।

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…