एमालेको उपहार ‘गुन्डा’ लाई मन्त्री

काठमाडौं । गुण्डागर्दीमा दर्जनौं मुद्दासहित फौजदारी अभियोगमा जेल भोगेका गुण्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको एमाले नेतृत्वको सरकारले युवा तथा खेलकुद मन्त्री उपहार दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सहयोगी नेतामध्ये एक रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता जोगाउनकै लागि मनाङेलाई मन्त्री नियुक्ति गरेपछि चौतर्फीरुपमा एमाले र गुरुङको विरोध भएको छ ।

गुन्डागर्दीमा चर्चा कमाएका मनाङेको अपराधकर्मको यात्रा ठमेलबाट सुरु भएको थियो। ठमेलका दुई गुन्डा चक्रे मिलन र मनाङेले फरक-फरक स्थानविशेषमा गुन्डागर्दीमा राज गर्दै आएका थिए ।

चक्रे मिलन सुरुदेखि नै एमालेसँग निकट भएर गुन्डागर्दी गर्थे भने मनाङे कांग्रेस, राजावादी, संघीय समाजवादीहुँदै एमाले प्रवेश गरेका हुन् ।

०५०/५१ सालतिर ठमेलमा मनाङका मानिसले होटल तथा रेष्टुरेन्ट खोल्न थालेपछि मनाङेको दादागीरि सुरु भएको थियो ।

हप्ता असुल्ने, धम्क्याउने र कवाडी संकलन उनको प्रमुख पेसा थियो । उनको आपराधिक यात्रामा चक्रे मिलनबाहेक अरु कोही प्रतिस्पर्धी नदेखिएपछि उनीहरुले क्षेत्र बाँडेर गुन्डागर्दी गर्न थाले ।

होटल, रेस्टुरेन्ट, बारमा कहीँ कतै भेट भयो भने ग्याङ फाइट पर्ने गरेको थियो । ०६८ सालमा भूमिगतजस्तै भएका मनाङेलाई धेरैपटक प्रहरीले प’क्राउ गर्दै मुद्दा चलाएको थियो ।

प्रदेश सांसद भएकै बेला उनीमाथि प्रहरीले रेड नोटिस पनि जारी गरेको थियो । मनाङेविरुद्ध अकुत सम्पति आर्जन गरेको अभियोृगमासम्पति शुद्धीकरण विभागले विशेष अदालतमा मुघासमेत चलाएको थियो तर उनले सफाइ पाए ।

करिब २५ वर्षदेखि राजधानीको गुन्डागर्दीमा संलग्न भए पनि उनको देशव्यापी नेटवर्क थियो । अपराधकर्ममा रमाए पनि मनाङे पछिल्लो पटक आफूलाई समाजसेवीका रुपमा चिनाउने गनर्थे ।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…