श्रीमानको धोकाबाट बच्न नयाँ तरिकाको खोजी, सुटुक्क खुवाइरहेछन् नपुंसक बनाउने औषधी

चीनमा श्रीमानको धोकाबाट बच्नका लागि महिलाले नयाँ तरिकाको खोजी गरेका छन् । यस्तो तरिका जसबारे थाहा पाउँदा हरेक व्यक्ति जिल खान्छन् । पार्टनरले आफूलाई धोका नदिउन् र अन्य महिलासँग नसल्किउन् भनेर महिलाले आफ्ना श्रीमानलाई औषधी खुवाइरहेका छन् । यो कुनै साधारण औषधी होइन, पुरुषलाई नपुंसक बनाउने औषधी हो ।

ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार चीनमा श्रीमतीले आफ्ना श्रीमानलाई गोप्य तरिकाले यस्तो औषधी खुवाइरहेका छन् जसका कारण उनीहरु नपुंसकताको शिकार हुने गर्छन् ।

ग्लोबल टाइम्सका अनुसार एक लेखमार्फत् केही चिनियाँ श्रीमतीले आफ्ना  श्रीमानलाई गोप्य तरिकाले डायगाइलस्टीलबेस्ट्रोल खुवाइरहेको पत्ता लागेको छ । जानकारीमा उल्लेख भए अनुसार यो औषधी एक प्रकारको सिन्थेटिक एस्ट्रोजन हो जसले पुरुषलाई इरेक्सनबाट रोक्ने गर्छ । चीनमा हालै यस्ता किस्सा कहानी सोसल मिडियामा निकै भायरल भएका छन् ।

विच्याटमा प्रकाशित एक लेखका अनुसार केही महिलाले अनलाइनमार्फत् औषधी अर्डर गरेको र गोप्य तरिकाले खानामा वा पेय पदार्थमा मिसाएर आफ्ना श्रीमानलाई दिने गरेका छन् । यो औषधी खाएपछि केही धोकेबाज श्रीमानले आफ्नी श्रीमतीलाई धोका दिन बन्द गरेको पनि बताइन्छ ।

लेखमा केही महिलाको प्रतिक्रिया पनि लिइएको छ । यसमा एक महिलाले औषधीलाई प्रभावकारी बताएक छिन् । विश्व स्वास्थ्य संगठनले यो औषधीलाई कार्सिनोजनको रुपमा पहिचान गरेको छ ।

एक महिलाले भनिन्, ‘यो औषधी मैले खुवाउन सुरु गरेको दुई हप्तापछि नै असर देखिन सुरु भयो । ’ महिलाले अब उनका श्रीमान् घरमा नै बस्ने र राम्रो व्यवहार गर्ने जानकारी दिइन् ।

यद्यपि, यो लेख सोसल मिडियामा भाइरल भएपछि अनलाइन प्लेटफर्मबाट यो औषधी गायब भयो । पत्रकारले लोकप्रिय अनलाइन प्लेटफर्ममा औषधी निकै खोजे तर पाउन नसकेको बताए ।

नियाक्सिआंग मर्निङ हेराल्डका अनुसार केही स्थानमा अहिले पनि गोप्य रुपमा सेतो पाउडरको रुपमा यो औषधी बेचिँदै छ जुन गन्धहीन छ र तुरुन्त पानीमा घोलिने गर्छ । एक पसलेले एक महिनाभित्र सयभन्दा बढी ग्राहकलाई यो औषधी बेचेको दाबी गरे ।

पसलमा काम गर्नेहरुका अनुसार औषधीले सामान्य रुपमा १५ दिनमा आफ्नो असर देखाउन सुरु गर्छ । राहतको कुरा के हो भने यो औषधीको सेवन गर्न बन्द गरेको २१ दिनमा इरेक्सनको क्षमता २१ दिनमा फिर्ता हुन्छ ।

यस्तै चीनका कानूनी विशेषज्ञले यो क्रममा यदि श्रीमानलाई कुनै शारीरिक हानी भएको अवस्थामा यस्ता श्रीमतीले आपराधिक कानूनको सामना गर्न पनि तयार हुनुपर्ने चेतावनी दिएका छन् । यस्तै यस्तो प्रकारको औषधी बेच्नेहरुले पनि कारवाहीको सामना गर्नुपर्ने हुन्छ । यहाँसम्म कि उनीहरुको लाइसेन्स सम्बन्धि लाइसेन्स पनि रद्द गर्न सकिन्छ ।

भर्खरै प्रकाशित

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…

निशा घिमिरेको स्वास्थ्यमा धेरै सुधार : ह्विल चेयरमा बस्न सक्ने…

काठमाडौं । उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै अवस्थामा सुधार आइरहेको जानकारी दिएको हो । अस्पतालले मंगलबार…