मन्त्री सपथपछि मनाङेले भने- यो सरकार दुई हप्तामा जान सक्छ

गण्डकीका नवनियुक्त युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले यो सरकार दुई हप्तासम्ममा जान सक्ने बताएका छन्।

मन्त्रीको सपथ लिएपछि उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई समर्थन गर्ने बताए।

‘यो सरकार दुई हप्तामा जान सक्छ। दुई हप्ता भए पनि काम गर्ने हो। नयाँ मान्छे आउँदा पनि काम गर्नैपर्छ। मैले पृथ्वी दाइलाई सपोर्ट गर्नुपर्‍यो,’ उनले भने।

मन्त्री पद गए पनि आफू सांसदका रूपमा रहिरहने मनाङेले बताए। उनले दुई हप्तामा रिजल्ट ल्याउने समेत दाबी गरे।

उनले भने, ‘मन्त्री पद जाला रे। सांसद जितेर आएको हो। सांसद पद त होला नि। म २ हप्ता, १० दिनमा रिजल्ट ल्याउँछु। सबैले सहयोग गर्नुहोला।’

खेलाडीलाई खेल्न मात्र नलगाउने भन्दै उनले जीविकोपार्जन गर्न पनि सघाउने प्रतिवद्धता जनाए।

‘मनाङ मर्स्याङ्दी चलाउँदा मलाई आइडिया आएको थियो, अहिले खेलाडीले नै ५ मिनेटमा आइडिया दिन्छ’, मनाङेले भने, ‘हामीले काम गर्नुपर्छ।’

खेलाडीको भविष्य सुरक्षित पार्न उनीहरूसँगै सल्लाह गर्ने समेत उनले बताए।

खेलाडीले पनि कर तिर्ने भन्दै उनीहरूले तिरेको कर सही ठाउँमा प्रयोग गर्नुपर्ने मनाङेले बताए।

‘ट्याक्स उनीहरूले तिरेको हो, हामीले सही ठाउँमा प्रयोग गर्नुपर्छ’, मनाङेले भने, ‘दालभात खाएर मासुभात खाएर मात्र हुँदैन।’

स्वतन्त्र उम्मेदवार बनेर मनाङबाट चुनाव जितेका मनाङेले आफू एमालेसँगै लडेर चुनाव जितेको समेत बताए।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…