रुसले नेपाललाई ८० लाख डोज खोप दिने

काठमाडौँ । रुसले आगामी डिसेम्बरसम्ममा नेपाललाई ८० लाख डोज खोप किन्न दिने प्रतिबद्धता जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र मस्कोबाट आएको उच्चस्तरीय टोलीबीच बुधबार भएको छलफलमा खोप बिक्रीको प्रतिबद्धता आएको हो । दुई पक्षबीच मूल्यको विषयमा भने सहमति भइसकेको छैन ।

रुसबाट सरकार–सरकार (जीटूजी) प्रक्रियाबाट त्यहाँ उत्पादित खोप ‘स्पुतनिक–भी’ ल्याउने निर्णय गरेर सरकारले छलफल अघि बढाएको थियो । छलफलका क्रममा मन्त्री त्रिपाठीले ४० लाख डोज खोप तत्काल आवश्यक पर्ने जानकारी गराएका थिए ।

रुससँग सहुलियतमा खोप उपलब्ध गराउन र अनुदानमा समेत दिन आग्रह गरिएको छ । ‘रुसी खोप ल्याउने करिब–करिब तय भइसकेको छ । दुई–चार दिनमा यो विषयमा टुंगो लाग्छ,’ मन्त्री त्रिपाठीले भने । उनले अनुदानका लागि चिठी लेखिसकेको बताए । नेपालस्थित रुसी दूतावासका एक प्रतिनिधिले नेपालको चाहनाअनुसार रुसले पर्याप्त खोप निर्यात गर्न सक्ने बताए ।

औषधि व्यवस्था विभागले वैशाख ७ गते आपत्कालीन प्रयोगका लागि रुसी खोपलाई स्वीकृति दिइसकेको छ । उक्त खोप नेपालमा आयात गर्न लोमस फर्मास्युटिकल्सले अनुमति पाएको छ । तर सरकारले भने जीटूजी प्रक्रियाबाटै खोप ल्याउने तयारी गरेको हो ।

भेरोसेलको खोप अभियान तत्कालका लागि स्थगित

सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य तत्कालका लागि स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य आजदेखि स्थगित गरेको हो ।

यसअघि सरकारले आजपनि कोरोनाविरुद्धको खोप भेरोसेल लगाउने काम काठमाडौंमा निरन्तर सञ्चालन गर्ने भनेको थियो । महाशाखाले बुधवार सूचना जारी गरेर खोप लगाउने कार्य केही समयको लागि स्थगित गरिएको जानकारी दिएको हो ।

सूचनामा भेरोसेल खोप लगाउने कार्य किन स्थगित गर्नुपर्नाको कारण भने उल्लेख गरिएको छैन । पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाउनेहरुको भिड अत्यधिक खोप केन्द्रहरुमा अत्यधिक बढ्न थालेपछि त्यसले सङ्क्रमणको जोखिम थप हुने भन्दै सर्वसाधारणलाई सतर्क र सावधानीपूर्वक खोप लगाउन आग्रह गरिएको थियो ।

तर, खोप लगाउन आउनेको भिडलाई नियन्त्रण गर्न नसक्दा र सर्वसाधारणले पनि सावधानी अपनाएको नदेखेपछि खोप कार्यक्रम तत्कालका लागि स्थगित गरिएको हुन सक्ने अनुमान गरिएको छ ।

भेरोसेल खोपको आठ लाख डोज चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको थियो । दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइएको थियो ।

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…