कोरोना भाइरससँग लड्न यसरी बढाउनुस् रोगप्रतिरोधक क्षमता

संसारभरि कोरोनाभाइरसको प्रकोप बढिरहँदा कमजोर रोगप्रतिरोधक क्षमता भएकाहरूले यसको शिकार छिट्टो हुने देखिएको छ। पोषणविद्हरूले तीन प्रकारका भिटामिनले मानिसको इम्युन सिंस्टमलाई बूस्ट गर्न सक्ने र सबै किसिमका रोगबाट बच्न सकिने बताएका छन् ।

भिटामिन सी

भिटामिन सी इम्युन सिस्टमलाई राम्रो राख्ने महत्त्वपूर्ण स्रोत हो । भिटामिन सीका लागि केही कुराहरू आहारामा पार्नु जरूरी छ ।

सुन्तला, मौसम, स्ट्रबेरी, भेडेखुर्सानी, पालुंगो र बुर्काउलीमा भिटामिन सी प्रशस्त पाइन्छ । दिनदिनैको आहारामा यी खानेकुरा अवश्य पार्नुहोला । ड्रागन फ्रुटमा पनि व्यापक मात्रामा भिटामिन सी पाइन्छ ।

भिटामिन बी–६

इम्युन सिस्टमलाई राम्रो बनाउन भिटामिन बी–६ पनि आवश्यक छ । यसका लागि चिकन, अण्डा, माछा आवश्यक हुन्छ । अनि चिसो पानी पनि भिटामिन बी–६ पनि राम्रो स्रोत छ । शाकाहारीहरूका लागि सोयाबीन, चना, दूध र आलुमा भिटामिन बी–६ उपलब्ध हुन्छ । हरियो सागपातमा पनि यो भिटामिन हुन्छ ।

भिटामिन ई

शरीरबाट रोगलाई टाढा राख्न पनि भिटामिन ई आवश्यक हुन्छ । त्यसमा भएको एन्टीअक्सिडेन्टले शरीरलाई संक्रमणसँग लड्ने तागत दिन्छ ।ओखर, बदाम र पालुंगो अनि विभिन्न किसिमका दानाहरूले भिटामिन ई शरीरलाई दिन्छन् । बुर्काउलीमा पनि यो भिटामिन पाइन्छ ।

कोरोनासँग लड्न इम्युन सिस्टम बलियो हुनु जरूरी छ । वृद्धहरूको इम्युन सिस्टम कमजोर हुने हुँदा उनीहरू कोरोनाको चपेटामा छिट्टै पर्छन् । अहिले भइरहेका मृत्युमा वृद्धहरूको संख्या बढी छ ।

इम्युनिटी पावर बढाउन खानामा अवश्य समावेश गर्नुस् ७ चिज

खानपानमा ध्यान नदिंदा इम्युनिटी पावरमा कमी आउँछ ।

अहिले केही रिपोर्ट्सहरूले इम्युनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् ।

खानपानमा विशेष ध्यान दिंदा इम्युनिटी पावर बढाउन सकिन्छ । एक नयाँ अध्ययनका अनुसार इम्युनिटी पावर बढाउनका लागि खानामा केही विशेष परिकार समावेश गर्नु उपयुक्त हुन्छ ।

यी ७ चीज, जसले इम्युनिटी पावर बढाउन सहयोग गर्छ :

रातो क्याप्सिकन : रातो क्याप्सिकनमा सबैभन्दा बढी भिटामिन सी पाइन्छ । अमेरिकी कृषि विभागका अनुसार एक टुक्रा क्याप्सिकनमा करिब २ सय ११ प्रतिशत भिटामिन सी हुन्छ । जुन सुन्तलामा पाउने भिटामिन सीभन्दा दुई गुणा बढी हुन्छ । २०१७ मा नेशनल इन्स्टीट्यूट अफ हेल्थमा प्रकाशित एक अध्ययनका अनुसार भिटामिन सी शरीरमा त्यी कोशिकाहरूलाई मजबूत बनाउँछ, जसले इम्युनिटी बढाउँछ ।

ब्रोकाउली : बोकाउलीमा भिटामिन सी अत्याधिक मात्रामा हुन्छ । आधा कप ब्रोकाउलीमा ४३ प्रतिशत भिटामिन सी हुन्छ । अमेरिकाको इएचई हेल्थका फिजिशियन डा. सीमा सरीनले भनेका छन्,‘ब्रोकाउलीमा फाइटोकेमिकल्स र एन्टीअक्सिडेन्टको मात्रा भरपूर हुन्छ जसले हाम्रो इम्यूनको मजबुत बनाउँछ ।

चना : चनामा प्रोटिन अत्याधिक हुन्छ । एकेडेमी अफ न्यूट्रिसन एण्ड डाइटेटिक्सका अनसार चनाले एन्जाइमलाई सन्तुलनमा राख्छ, जसबाट हाम्रो शरीरले ठीक तरिकाले काम गर्न सक्छ । डाइटिशियन एमिली वन्डरका अनुसार चनामा प्रचुर मात्रामा जिंक पाइन्छ जसले इम्यून सिस्टम र इम्यून रेस्पोन्सलाई नियन्त्रणमा राख्न सक्छ ।

लसुन : लसुन खाँदामा स्वादिलो हुनुका साथै स्वास्थ्यका लागि पनि निकै लाभदायक हुने विज्ञहरू बताउँछन् । लसुनको सेवनले उच्च रक्तचाप तथा मुटुरोगको खतरा कम गराउँछ । यस्तै यसमा पाइने सल्फर यौगिकका कारण संक्रमणबाट लड्ने क्षमतामा वृद्धि हुन्छ । लसुनको सेवनले इम्युनिटी समेत बढ्दछ ।

च्याउ : च्याउ भिटामिन डीको स्रोतहरूमध्ये एक हो । च्याउको सेवनले क्याल्शियम बढाउँछ जसले हड्डीलाई मजबुत बनाउन सहयोग पुर्‍याउँछ । साथसाथै यसले इम्युनिटी पावर बढाउनमा सहयोग गर्छ ।

पालक : पालकमा भिटामिन सी र एन्टीअक्सिडेन्ट्स अत्याधिक मात्रामा हुन्छ । जसले हाम्रो शरीरमा रहेको कोशिकाहरूलाई संक्रमणबाट जोगाउन सहयोग गर्छ । पालकमा भिटा क्यारोटिन समेत पाइन्छ, जुुन भिटामिन एको मुख्य स्रोत हो । भिटामिन ए ले इम्यून फंक्शनको सही ढंगले चलाउनका लागि सहयोग गर्छ ।

दही : दही प्रोबायोटिक्सको सबैभन्दा राम्रो स्रोत हो । यसमा भएको ब्याक्टेरियाले पाचन प्रणाली तथा इम्यून सिस्टमलाई सही राख्दछ । केही अध्ययनहका अनुसार दहीको सेबनले प्रोबायोटिक्सको सामान्य रुघाखोकी तथा इन्फ्लूएन्जाजस्ता संक्रमणसँग पनि प्रभावकारी ढंगले लड्दछ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…