निषेधाज्ञा हुने भएपछि मोबाइल-ल्यापटप किन्नेहरू बढे

न्युरोडकी मोबाइल व्यापारी अम्बिका खड्कालाई मंगलबारदेखि भ्याइनभ्याइ छ। सोमबारसम्म दिनको १५ थान हाराहारी मोबाइल बेच्ने अम्बिकाले मंगलबार २५ थान बिक्री गरिन्।

‘विद्यालय तथा कलेजको पढाइ अनलाइनबाट हुने भएदेखि नै ग्राहकहररू बढेका छन्। १६ गतेदेखि निषेधाज्ञा हुने भएपछि त ग्राहक झनै बढेका छन्,’ उनले सेतोपाटीसँग भनिन्।

सरकारले बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ। सबै कलेज तथा स्कुल पनि बन्द भइसके। अनलाइन कक्षा र कामधाम घरबाटै गर्नुपर्ने भएकाले धेरै मान्छे नयाँ मोबाइल किन्न आएका उनले बताइन्।

अम्बिकाका अनुसार बजारमा अहिले ग्राहकले खोजेअनुसारका मोबाइल भने छैनन्।

‘अहिले मागअनुसार मोबाइल भने ल्याउन सकिएको छैन,’ अम्बिकाले भनिन्, ‘अनलाइनमा नयाँ मोडलको मोबाइल देख्यो कि ग्राहकहरू त्यही खोज्न आउनुहुन्छ। ग्राहकले खोजेजस्तो मोबाइल ल्याउन हामीले सकेका छैनौं।’

पहिले पनि लामो समय बन्द हुँदा मोबाइल आयात सहज भएको थिएन। अब फेरि माग बढेका बेला मोबाइल ल्याउन नसकिने हो कि भन्ने चिन्ता व्यापारीहरूलाई छ।

न्यूरोडकै अर्का मोबाइल व्यापारी साहिल घिमिरे पनि निषेधाज्ञाको निर्णयपछि मोबाइल किन्ने ग्राहक बढेका बताउँछन्।

‘विद्यालय तथा कलेजमा भौतिक उपस्थितिमा पढाइ नहुने भएपछि हिजोआज अनलाइन कक्षाका लागि नै भनेर मोबाइल किन्न आउनेको संख्या बढेको छ,’ उनले भने।

तर नयाँ मोडलका मोबाइल भने ग्राहकले खोजेको परिमाणमा ल्याउन नसकिएको उनले पनि बताए।

‘कोभिडका कारण मागअनुसार मोबाइल उत्पादन नै हुन सकेको छैन। कोभिडको समयमा अन्तर्राष्ट्रिय बजारमा नयाँ मोडलका केही मोबाइल आए पनि हामीले ल्याउन सकेका छैनौं,’ उनले भने।

निषेधाज्ञापछि मोबाइल किन्न आउनेको संख्या बढे पनि पहिलो लकडाउनको तुलनामा कमै रहेको उनको भनाइ छ।

‘पहिलेको लकडाउनमा त दैनिक ४० थानसम्म मोबाइल बिक्री भएको थियो,’ उनी भन्छन्, ‘अहिले पहिलेको जस्तो व्यापार छैन।’

अहिले बजारमा मोबाइलको मूल्य समेत बढेको उनको जानकारी दिए। व्यापारी साहिलका अनुसार हरेक ब्रान्डका मोबाइलको मूल्य पछिल्लो समय दुई सयदेखि तीन हजार रूपैयाँसम्म बढेको छ।

ल्यापटप तथा कम्प्युटर व्यापारी रितु प्रधान पनि ल्यापटप तथा कम्प्युटर व्यापार केही मात्रामा बढेको बताउँछिन्।

‘अहिले त्यति धेरै त होइन, सामान्य अवस्था भन्दा केही मात्रामा ल्यापटप तथा कम्प्युटर ग्राहक बढेका छन्। सामान्य अवस्थामा दैनिक तीन थान ल्यापटप बिक्री हुन्थ्यो भने अहिले पाँच थानसम्म हुन्छ,’ उनले भनिन्।

तर अन्तर्राष्ट्रिय बजारमै मागअनुसार ल्यापटप तथा मोबाइल पाउन नसकिने अवस्था रहेकाले नेपाली बजारमा समेत त्यसको असर देखिएको व्यापारीहरू बताउँछन्।

पछिल्लो समय संसारभर मोबाइलको माग बढ्दो छ। भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७७/७८ को नौ महिना (साउनदेखि चैत) सम्ममा नेपालमा ५८ लाख वटा मोबाइल सेट आयात भएको छ।

यो परिमाणको मोबाइल सेट आयातका लागि नेपालबाट २९ अर्ब ६४ करोड रूपैयाँ बाहिरिएको छ।

विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष करिब २० लाख सेट मोबाइल बढी आयात भएको छ। गत वर्ष साउनदेखि चैतसम्ममा ३८ लाख ४७ हजार सेट आयात भएको थियो।

नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेका छन्। तीमध्ये चीन, भारत र भियतनामबाट बढी मोबाइल सेट आयात हुने गरेको छ।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…