सरकार जोगाउना हिजो पीसीआर, आज आइसीयू

एमालेका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारले बहुमत गुमाउने पक्कापक्की भएपछि मंगलबार सत्तारुढ सांसदहरुले पीसीआर परीक्षणको माग गर्दै संसद बैठक अवरुद्ध पारे । अन्ततः सबै सांसदहरुलाई लाइन लगाएर पिसिआर जाँच गरियो र बुधबारको बैठकमा अविश्वास प्रस्तावमाथि छलफल सुरु भयो ।

तर, एकाएक जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भए । उनीसँगै दीपक मनाङ्गे पनि बैठकमा आएनन् । मनाङ्गे अघिल्लो दिन खिमविक्रमसँगै देखिएका थिए ।

सांसद शाही पार्टीको सम्पर्कमा समेत नआएपछि जनमोर्चाले आफ्ना सांसदको खोजी गर्न र उनी अपहरणमा परेको आशंका गर्दै जीवनरक्षा गरिदिन माग गर्‍यो । जनमोर्चाको मागपछि सभामुखले प्रदेशसभा बैठक स्थगन गरे ।

कांग्रेस प्रवक्ता शर्माको प्रश्न– कोभिड संक्रमण नभएका सांसदलाई आइसियूमा किन राखेको ?

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशमा कोभिड परीक्षण रिपोर्ट नेगेटिभ आएका सांसदलाई उपचारका नाममा बन्दी बनाइएको भन्दै प्रश्न उठाएका छन् । शर्माले प्रदेश सांसद खिमविक्रम शाहीको कोभिड परीक्षण रिपोर्ट नेगेटिभ रहेको रिपोर्टसमेत राखेर प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै प्रश्न गरेका छन् ।

‘स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वीचोकको चरक अस्पतालको आइसियूमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ? उपचारका नाममा बन्दी ? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ?’ शर्माले ट्विट गरेका छन् ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…