चिनियाँ खोप लगाउनेले दोस्रो डोज पनि काठमाडौंमै लगाउनुपर्ने

कोरोना भारइसविरूद्धको ‘भेरोसेल’ नामक चिनियाँ खोप लगाउने व्यक्तिले दोस्रो डोज पनि काठमाडौंमै लगाउनुपर्ने भएको छ।

खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार खोप कार्ड देखाएर भारतीय खोपको दोस्रो डोज काठमाडौंबाहिर पनि लगाउन सकिने भए पनि चिनियाँ खोप भने काठमाडौंमै लगाउनुपर्ने हुन्छ।

उनले चिनियाँ खोप सीमित आएका कारण काठमाडौंमा मात्र वितरण गरिएको भन्दै दोस्रो डोज लगाउने व्यक्तिले यहीँ लगाउनुपर्ने बताए।

‘जम्मा चार लाख जनालाई पुग्ने खोप भएकाले बाहिर पठाउन सकिएन। ‘रिस्क डेन्सिटी’ अर्थात् जोखिम घनत्वको हिसाबले पनि काठमाडौंमै वितरण गर्नुपर्छ भन्ने भयो,’ डा. शर्माले भने।

चीनले नेपाललाई ८ लाख डोज ‘भेरोसेल’ खोप अनुदानमा दिएको थियो। सुरूमा उक्त खोप कसरी वितरण गर्ने अन्यौलमा परेको सरकारले पछि काठमाडौंमा रहेका निश्चित समूहका मानिसलाई लगाउने निर्णय गरेको थियो।

पछि ती क्षेत्रका धेरै मानिसहरू खोप लगाउन आकर्षित नभएपछि सरकारले १८ वर्षमाथिका सबैलाई उक्त खोप लगाउने भन्यो। पहिलो डोज लगाएकाहरूका लागि दोस्रो डोज पनि सुरक्षित भण्डारण गरिएको डा. शर्मा बताउँछन्।

उनले पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज अभियान सुरू गरिने जनाए। तर उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएपछि धेरै मानिसहरू आ-आफ्ना गाउँ फर्किएका छन्।

यदि तीमध्ये पहिलो डोज चिनियाँ खोप लगाउने व्यक्ति छ भने उनीहरूले दोस्रो डोज पनि उपत्यकामै लगाउनुपर्ने उनले बताए। भारतीय खोप लगाउने व्यक्तिले भने खोप कार्ड देखाएर दोस्रो डोज सम्बन्धित जिल्लाबाट पनि लगाउन सकिने जनाए।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…