जलवायु परिवर्तनको असर कम गर्न नाइट्रोजनको व्यवस्थापनमा जोड दिनुपर्ने : मन्त्री आले

काठमाण्डाै । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जलवायु परिवर्तनको असर कम गर्न नाइट्रोजनको व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभएकाे छ ।

दक्षिण एशियाली देशको हिजाे बसेकाे मन्त्रीस्तरीय भर्चुअल मिटिङमा मन्त्री आलेले जलवायु परिवर्तनको असर कम गर्न नाइट्रोजनको व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभएकाे हाे । यस्तै उहाँले जलवायु परिवर्तनको असर कम गर्न याेबाहेक अरु दीर्घकालीन रणनीति पनि तयार गरिरहेको बताउनुभएको छ ।

मन्त्री आलेले भन्नुभयो, “कृषिलगायत विभिन्न क्षेत्रबाट उत्सर्जन हुने नाइट्रोजन फोहोरले वातावरण, जैविक विविधता तथा मानव स्वास्थ्यमा असर पारिरहेको छ, यसको असर कम गर्न एकिकृत नाइट्रोजन व्यवस्थापन रणनीति बनाइ प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।”

नेपाल जलवायु परिर्वतनको दृष्टिकोणले जोखिममा रहेको बताउनुहुँदै मन्त्री आलेले जलवायु परिर्वतनको मुद्दालाई सम्बोधन गर्न नेपालले गरिरहेका कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । साथै उहाँले पेरिस सम्झौता बमोजिमको प्रतिबद्धताअनुरुप नेपाल सरकारले हालसम्म गरेका कार्य पनि उक्त कार्यक्रममा स्मरण गर्नु भएको थियो ।

सन् २०५० सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य तय गरिएको र विभिन्न क्षेत्रबाट उत्सर्जन हुने नाइट्रोजन प्रदूषण व्यवस्थापन गर्न सकिनेसमेत मन्त्री आलेले विश्वास व्यक्त गर्नुभयो । उहाँले थप भन्नुभयो, “नाइट्रोजन प्रदूषण व्यवस्थापन गर्नु अहिलेको प्रमुख आवश्यकता छ ।” जलवायु परिर्वतनसम्बन्धी २६औँ सम्मेलनमा प्रभावकारी सहभागिता जनाउन नेपालले गरिरहेको पूर्वतयारीबारे मन्त्री आलेले जानकारी दिनुभयो ।

विभिन्न क्षेत्रबाट उत्सर्जन हुने नाइट्रोजन फोहर सन् २०३० सम्ममा आधा कटौती गर्न अघि बढाइएको कोलोम्बो घोषणाले तय गरेका उद्देश्य प्राप्तिका लागि साझा प्रयास आवश्यक भएको भन्दै उहाँले यसका लागि संयुक्त वातावरण विकास साझेदार तथा सबै सदस्य राष्ट्रलाई एकजुट भएर सहकार्य गर्नसमेत आग्रह गर्नुभयो ।

भर्खरै प्रकाशित

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…