इन्जिनियर रमण महतोको सफलताको कथा : जसले दिनरात नभनी ठड्याए धरहरा

सारा काठमाडौं जब सुतिरहेको हुन्छ, इन्जिनियर रमण महतो रातभरि जागै हुन्छन् । र, त साढे दुई वर्षमै ठडिएको छ, काठमाडौंको शान, मान र गौरव बनेको ऐतिहासिक धरहरा ।त्यसो त धरहरा साढे दुई वर्षमै बनेको भने पनि पाँच वर्ष बराबर समय हो ।

किनभने रमणले दिन पनि भनेनन्, रात पनि भनेनन् । नेपालमा ‘डे-लाइट कल्चर’ छ । तर यसमा रातदिन दुवै सिफ्टमा एकनाश काम भयो ।धरहरा निर्माणको कन्ट्र्याक्ट पाएका रमणलाई पक्कै थाहा थियो- सबैका नजर धरहरा परियोजनामै छ । २०७२ वैशाख १२ मा धरहरा ढलेपछिको खिन्नता उनी बुझ्थे । काठमाडौँको एकल पहिचान लगभग हराएको थियो ।

भग्नावशेषतिर हेरेर टोलाउँथे काठमाडौँबासी । धरहरा सिर्फ भवन मात्र थिएन, देशकै धरोहर थियो । त्यसैले उनले रातदिन नभनीकन काम गरे ।त्यसो त धरहरा पुनर्निमाणको जिम्मा पाएको जीआईईटीसी–रमण कन्स्ट्रक्सन चाइनिज कम्पनीसँगको ज्वाइन्ट भेन्चर हो । तर यसको निर्माण नेतृत्व नेपालीले नै गरे । सिमेन्ट छड, गिटी बालुवा पनि नेपालकै प्रयोग गरिएको छ, प्रविधि विदेशी ।

सिभिल हस्पिटल बनाइरहेको चाइनिज टोलीले नेपाली मौलिकता पक्कै महसुस गरेको थियो । नेपाली निर्माण टोली ३० वर्षसम्म देशबाहिर काम गरेको अनुभवी पनि थियो ।रमणको निर्माण कम्पनीको सत्प्रयासमा ६ वर्षमै धरहराले आफ्नो उचाइ पाएको छ ।

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…