गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक

परेको छ । प्रशान्त स्वयंमले आमाको निधन भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । प्रशान्तकी आमाको दार्जीलिङस्थित घरमै निधन भएको हो । कहिले निधन भएकोबारे भने प्रशान्तले खुलाएका छैनन् । उनको बुवाको भने धेरै वर्ष पहिले सवारी दुर्घटनामा निधन भएको थियो ।

‘ईण्डियन आइडल २००७’ का विजयी प्रशान्तले नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए । त्यसयता आधा दर्जन नेपाली चलचित्रमा काम गरे । नारायण रायमाझीकै निर्देशनमा बनेको ‘परदेशी’ प्रशान्तको अर्को हिट चलचित्र हो । त्यस्तै उनको पछिल्लो चलचित्र ‘परदेशी २’ छायाँकन सकिएर प्रदर्शनका लागि तयार छ ।

निर्देशक रायमाझीले पनि सामाजिक सञ्जालमा स्टाटस् लेख्दै आमाप्रति ऋद्धाञ्जली दिँदै परिवारमा समवेदना ब्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘हजुरले प्रशान्तलाई जन्म दिनुभएको थियो र त म पनि चलचित्र निर्देशक नारायण रायमाझी भएर चिनिने अवसर प्राप्त गरेको थिएँ ।’

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…