जसपाले निर्णय गरे भोलि नै ओलीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने कांग्रेस-माओवादी केन्द्रको तयारी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव लैजाने अन्तिम तयारी गरेका छन्। अविश्वासको प्रस्ताव दर्ता गर्न उनीहरूले संसदको चौंथो ठूलो दल जनता समाजवादी पार्टीको निर्णय कुरिरहेका छन्।

प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने र कांग्रेस-माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउनेबारे जसपाका शीर्ष नेताहरूको बैठकले अहिले छलफल गरिरहेको छ। बैठकमा जसपाका नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन्।

सोमबार पनि उनीहरूबीच छलफल भएको थियो तर कुनै निर्णय हुन सकेको थिएन। जसपा नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोले लामो समयसम्म प्रधानमन्त्री ओलीसँग मिलेर सत्ता गठबन्धन बनाउने प्रयत्न गरेका थिए। बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतका नेताहरू कुनै पनि हालतमा ओलीसँग मिल्न नहुने अडानमा थिए।

जसपाका एक नेताले सेतोपाटीसँग भने- आजको बैठकले कांग्रेस-माओवादीसँग मिलेर अघि बढ्ने निर्णय गर्न सक्छ। आज नभए भोलिसम्ममा बहुमतका आधारमा भए पनि निर्णय हुन्छ।

जसपाले निर्णय गरे बुधबार नै प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी रहेको कांग्रेसका एक नेताले सेतोपाटीलाई बताए।

पछिल्ला केही दिनका निरन्तर छलफलपछि कांग्रेस र माओवादी केन्द्र जसपालाई मनाएर नयाँ सत्ता गठबन्धन गर्ने निर्णयमा पुगेका हुन्। वैशाख ५ गते नै कांग्रेस र माओवादी केन्द्रबीच ओलीविरूद्ध अविश्वासको प्रस्ताव लैजाने सहमति गर्ने तयारी थियो।

त्यही तयारीलाई संकेत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा बोल्दै ‘आज साँझ महत्वपूर्ण बैठक हुने’ बताएका थिए।

‘आज म मेरो निर्वाचन क्षेत्रका युवाहरुले दिएको उर्जा बोकेर काठमाडौंमा राजनीतिक दलहरूको महत्वपूर्ण बैठकमा सहभागी हुँदैछु। यसले महत्वपूर्ण निर्णय गर्नेछ,’ प्रचण्डले भनेका थिए, ‘तपाईंहरूले छिट्टै खुसीको खबर सुन्नुहुनेछ। केही दिनमै केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा हामी नयाँ सरकार बनाउनेछौं।’

उक्त साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डलगायत नेताबीच भेट भए पनि देउवाले अन्तिम निर्णयमा पुग्न एक/दुई दिन कुरौं भनेका थिए।

पछिल्लो साता कांग्रेस र माओवादी केन्द्रले थप छलफल गरेर अविश्वासको प्रस्ताव लैजाने निष्कर्ष निकालेका हुन्। माओवादी केन्द्रका एक नेताका अनुसार दुबै पार्टीले अविश्वासको प्रस्ताव अघि बढाउन आफ्ना सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिसकेका छन्।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…