दाइलाई चाहिएको थियो पाँचौँ बच्चा, बहिनीले दिइन् कोख

काठमाडौं । सहोदर बहिनीले आफ्नै दाइको बच्चा जन्माइदिने भन्ने कुरा हाम्रो समाजमा कल्पना पनि गर्न सकिँदैन । तर अमेरिकामा हालै एउटा यस्तै घटना भएको छ ।

अमेरिकाको वाशिंटनमा एकजना युवतीले आफ्नै दाइको बच्चा जन्माइदिएकी छिन् । आफ्ना दाइको पाँचौं बच्चाको इच्छा पूरा गरिदिन ती युवतीले भाडाको आमा बनेर अर्थात् सरोगेसीको माध्यमबाट बच्चा जन्माइदिएकी हुन् ।

डेलीमेलको खबर अनुसार ती पुरुषका पहिले नै ४ वटा बच्चा थिए । तर उनलाई थप एक बच्चा जन्माउने इच्छा थियो । पाँचौं बच्चा जन्मिएपछि मात्र आफ्नो परिवार पूर्ण हुन्छ भन्ने उनको मान्यता थियो । तर स्वास्थ्य समस्याका कारण उनकी पत्नीले पाँचौं बच्चा जन्माउन सक्ने अवस्था थिएन ।

आफ्ना दाइ–भाउजूको त्यो अवस्था देखेर २७ वर्षीया बहिनीको मन पग्लियो । हिल्दे पेरिंगरे नामक ती युवतीले दाइका लागि आफ्नै गर्भमा बच्चा हुर्काएर जन्माइदिने निधो गरिन् । त्यसपछि सरोगेसीको माध्यमबाट दाइको गर्भ बोकेर दाइको पाँचौं सन्तान जन्माइदिइन् ।

गत जनवरी महिनामा उनले आफ्ना ३५ वर्षीय दाजु इभान शेली र उनकी ३३ वर्षीया पत्नी केल्सेका लागि बच्चा जन्माइदिएकी हुन् । त्यसक्रममा लागेको पूरै खर्च चाहिँ दाजु इभान शेलीले नै गरे ।

अझ अनौठो त के भने दाजुको गर्भ बोकेर बच्चा जन्माइदिने ती बहिनी पहिले नै विवाहित हुन् । उनका आफ्नै ३ वटा सन्तान जन्मिसकेका छन् । त्यति हुँदाहुँदै पनि उनले दाइका लागि सरोगेसीबाट बच्चा जन्माइदिने फैसला गरेकी थिइन् । त्यसमा उनका पतिले पनि समर्थन जनाए ।

-एजेन्सीको सहयोगमा

 

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…