वीर अस्पतालको दुई सय बेडको नयाँ भवनमा कोभिड बिरामीको मात्र उपचार

वीर अस्पतालको नयाँ भवनलाई कोभिडका बिरामीमात्र उपचार गर्ने गरी तयार पार्न काम अघि बढाइएको छ।

अस्पतालका कोभिड संयोजक डाक्टर अच्युतराज कार्कीले अस्पतालको नयाँ सर्जिकल ब्लकमा कोभिडका मात्र बिरामी राख्ने गरी काम अघि बढाइएको जानकारी दिए।

नयाँ भवनमा अहिले पनि निर्माणको कार्य चलिरहेको हुँदा ठेकेदारहरूसँग कुराकानी भइरहेको भन्दै डा. कार्कीले सकेसम्म छिटो तयार पारिने जनाए। उनले नयाँ भवनमा कम्तीमा दुई सय बेड सञ्चालन गरिने र त्यसलाई बढाएर तीन सयसम्म पुर्‍याउन सकिने बताए।

नयाँ भवनमा कोभिड सेवा सुचारू गर्नका लागि स्टाफ नर्स र सरसफाइ कर्मचारीको भने अभाव रहेको डा. कार्की बताउँछन्।

‘हामीलाई अरू कुनै समस्या हुँदैन तर स्टाफ नर्स र सरसफाइ कर्मचारी अभाव छ,’ उनले भने, ‘बरू हामीलाई चिकित्सक अभाव हुन्न। हामी यता रहेका चिकित्सकलाई त्यता खटाउन सक्छौं।’

उनले ठेकेदारबाट स्वीकृत हुनसाथ भवनमा सेवा सूचारू गर्न समय नलाग्ने बताए।

धेरै काम नरहेको भन्दै बेड हाल्ने र आइसियू र भेन्टिलेटर मात्र जडान गर्नुपर्ने उनी बताउँछन्।

अस्पतालले अहिले कोभिडका बिरामीलाई पुरानै भवनमा उपचार गरिरहेको छ। जसमा ४१ जना संक्रमित उपचाररत छन्।

‘अहिले कोभिडका लागि भनेर ७६ बेड छुट्याइएको छ। त्यसमा ४१ जना संक्रमित भर्ना हुनुहुन्छ। जसमा सात जना आइसियू र दुई जना भेन्टिलेटरमा छन्,’ डा. कार्कीले भने।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…