साउदी अरबका विद्यालयमा रामायण र महाभारत पढाइ हुने

साउदी अरबमाथि पृथकतावादी सोच भएको मुलुकको आरोप लाग्ने गर्दछ। हाल सम्म साउदीमा मुस्लिम धर्म बाहेक अन्य कुनै धर्मको बारेमा पढाइ नै हुदैन । साउदीले आफ्नो धर्म बाहेक अरु धर्म मान्नेहरुलाई ‘अविस्वासी’ भनेर पढाउदै आएको छ।

पछिल्लो समय साउदी अरबले ‘भिजन  २०३०’ सार्वजनिक गरेपछि अन्य धर्मको बारे आफ्नो विद्यालय पुस्तकमा उल्लेख गर्ने भएको छ। हिन्दु धर्मग्रन्थ महाभारत र रामायण जस्ता कितावबारे साउदी अरबका विद्यालयमा पढाइहुने छन्।

कुन विषयमा कसरी पढाइ हुने पुरा जानकारी नदिएता पनि साउदीले आफ्ना विद्यालयमा पढाइने पुस्तकहरुमा हिन्दु, क्रिस्चन लगाएत मुल्सिम बाहेकका धर्म बाहेकका धर्मको बारेमा जानकारी दिने भएको छ।

भिजन  २०३० अन्तर्गत साउदीको विद्यालयमा अंग्रेजी भाषाको पढाइ अनुवार्य गराइने भएको छ भने आर्थिक तथा सामाजिक परिवर्तनका लागि निजी क्षेत्रका महिलाहरुलाई सहभागि गराउन प्रोत्साहित गर्दै आएको छ।

साउदी अरेवियामा एक वर्षको अवधिमा १ लाखभन्दा बढी महिलाहरुलाई व्यापारिक कार्य गर्नका लागि अनुमति दिईएको छ।

साउदी वाणिज्य मन्त्रालयका अनुसार विशेषगरी थोकतथा रिटेल व्यापार, सवारी साधन मर्मत सेवा, आवास, खानेकुरा सेवातथा निर्माण जस्ता कार्य गर्नका लागि यसरि अनुमति दिईएको हो। यसरि व्यापार गर्नका लागि अनुमति लिन १८ वर्ष उमेर पुग्नु पर्ने तथा सरकारी कर्मचारी हुन नहुने जस्ता व्यवस्था गरिएको छ। उनिहरुले कम्तिमा १३ सय ३० अमेरिकी डलर पुंजी लगानी गर्नु पर्नेछ।

बस्जिदमा महिला 

इस्लामिक राज्यमा धार्मिक संस्थाहरूमा वरिष्ठ पदमा महिलाहरूको नियुक्ति विरलै भएपनि राजकुमार मोहम्मद बिन सलमानले नेतृत्व गरेको व्यापक उदारीकरण अभियानले मक्का र मदिनामा महिलालाई जिम्मेवारी दिन थालेको देखिन्छ ।

मस्जिदका विभिन्न विभाग तथा प्रशासनिक र प्राविधिक जिम्मेवारीमा नियुक्तिबारे यी दुई पवित्र मस्जीदका उच्च अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त नियुक्ति ‘उच्च योग्यता र क्षमतासहितको साउदी महिलाको सशक्तीकरण’ का लागि गरिएको इस्लामिक अधिकारीले जनाएका छन् ।

उक्त मस्जीदहरूमा यस पहिले सन् २०१८ मा पनि विभिन्न ४१ महिलालाई जिम्मेवारी दिइएको थियो तर अहिलेका अधिकांश नियुक्ति त्योभन्दा उच्च पदका लागि अरबी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राजकुमार मोहम्मदले आफ्नो ‘भिजन २०३०’ योजना अन्तर्गत महिला रोजगारी बढाउन खोजेका देखिन्छ । उनले राज्यको अर्थतन्त्रमा विविधता ल्याउने र तेलमा मात्र निर्भर नहुने उद्देश्यसहित अघि बढ्न चाहेको बताउँदै आएका छन् ।

आधिकारिक तथ्याङ्कका अनुसार सन् २०१९ को तेस्रो त्रैमासिकमा सउदी अरबमा रोजगार महिलाको सङ््ख्या दश ३० हजार अर्थात् ३५ प्रतिशत पुगेको छ । सन् २०१५मा यो सङ्ख्या आठ लाख १६ हजार रहेको थियो ।

राजकुमारका अन्य सुधारमा राज्यमा महिलालाई अब कार चलाउन अनुमति छ । सिनेमा घर फेरि खुलेका छन् र संगीतकारहरूलाई कन्सर्टसहित सार्वजनिक स्थानहरूमा महिलासँग भेटघाट गर्न अनुमति दिइएको छ । तर अभियानको आलोचना भने नभएको होइन ।

सरकारको आलोचना गर्ने एक दर्जनभन्दा बढी महिला अधिकारकर्मीलाई पक्राउ गरी मुद्दा चलाएको छ । उनीहरूले सरकारी अधिकारीबाट हुने व्यापक धरपकडबीच पनि लामो समयदेखि गाडी चलाउने अधिकारको लागि अभियान चलाउँदै आएका थिए । केही अधिकारकर्मीले आफूहरूलाई यातना दिएर यौन उत्पीडन गरिएको आरोप लगाउने गरेका छन् ।

१० अर्ब रुख रोप्ने

विश्वको सबैभन्दा ठूलो तेल उत्पादक साउदी अरबले ‘ग्रिन इनिसिएटिभ’ को वातावरणमैत्री कार्यक्रम अन्र्तगत जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न देशभर १० अर्ब रुख रोप्ने घोषणा गरेको छ ।

‘साउदी ग्रिन इनिसिएटिभ’ मार्फत २०३० सम्ममा साउदीले देशको कार्बन उत्सर्जन कम गराइ, आधा भन्दा बढी ऊर्जा नवीकरणीय श्रोतबाट उत्पन्न गराउने लक्ष्य राखेको छ । यो कदमलाई साउदीका राजकुमार मोहोम्मद बिन सलमानले नै अघि बढाएका हुन् ।

उनले भनेका छन्, “विश्वव्यापी तेल उत्पादनमा अग्रता कायम गर्दै आएकाले पनि जलवायु संकट विरुद्धको लडाईँमा हाम्रो जिम्मेवारीबारे हामी पूर्ण रुपमा सचेत छौँ । त्यसैले तेल र ग्यासको युगमा ऊर्जा बजारलाई दिर्गकालीन र स्थिर राख्दै संसारलाई आगामी ‘हरियो युग’ तर्फ अघि बढाउन हाम्रो भूमिका अहम रहनेछ भन्ने हामीले बुझेका छौँ ।”

यो इनिसिएटिभ साउदी अरेबियाको भिजन २०३० परियोजनाकै हिस्सा रहेको समेत उनले बताए । यो योजनामा साउदीलाई तेलप्रतिको निर्भरताबाट पनि मुक्ति दिलाउने लक्ष्य रहेको छ ।

साउदी अरेबिया अमेरिका पछिकै सबैभन्दा ठूलो तेल उत्पादक मुलुक हो र विश्वव्यापी उत्पादनमा यसले १२ प्रतिशत योगदान पुर्याउँछ । राजकुमार सलमानका अनुसार साउदी लगायत सबै खाडी राष्ट्रहरुले मौसम सम्बन्धी चुनौतिहरुको सामना गरिरहेका छन् जसकारण पनि कार्बन उत्सर्जन कम गर्नु अत्यन्तै जरुरी छ । यसले आपतकालीन आर्थिक संकट निम्त्याउने पनि उनले बताए ।

मध्य पुर्वको प्रमुख शक्तिका रुपमा साउदीले आफू क्षेत्रीय वातावरणका कार्यक्रमहरुमा सहभागी हुन चाहेको पनि दाबी गरेको छ र ‘मिडल इस्ट इनिसिएटिभ’ अन्र्तगत मध्यपूर्वी क्षेत्रभर ४० अर्ब रुख रोप्न चाहेको बताएको हो । राजकुमार सलमानले यो कार्यक्रम विश्वकै सबैभन्दा ठूलो वृक्षरोपण कार्यक्रम हुने बताए । साउदी इनिसिएटिभले मात्र विश्वव्यापी उत्सर्जनको चार प्रतिशत घटाउन सक्ने उनको भनाइ छ ।

साउदी बाहेक गल्फ क्षेत्रका अन्य मुलुक जस्तै कतारले पनि वातावरणमैत्री कार्यक्रमबारे घोषणा गरिसकेको छ । कतारले अर्को वर्षको विश्वकप फुटबल सुरु हुनु अगाडि यसको तयारीमा १६ हजार रुख रोपिसक्ने दाबी गरेको छ ।

साउदीले यस वातावरणमैत्री परियोजनालाई सिमित पानी भएको क्षेत्रमा कसरी प्रभावकारी रुपमा सञ्चालन गर्नेछ भन्नेबारे चाहिँ विस्तृतमा खुलासा गरेको छैन ।

तर यसमा देशका सबैभन्दा प्रमुख व्यक्तितवको संलग्नताले यो मुलुकको छवि सुधार्ने प्रयास भएको पनि स्पष्ट पारेको छ । किनकी केही समय अघि मात्र अमेरिकी खुफिया एजेन्सीको डाटाले राजकुमार मोहोम्मदले नै २०१८ मा साउदी पत्रकार जलम खासोग्गीको मृत्यु स्वीकृत गराएको बताएको थियो जो सलमानका आलोचक रहँदै आएका थिए ।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…