पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने सीसीएमसीको निर्णय

काठमाडौं : सीसीएमसी निर्देशक समिति बैठकले अर्को आदेश नभएसम्म भौतिक उपस्थितिमा हुने पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

नेपाल सरकारका सचिव एवम् सीसीएमसी सचिवालयका संयोजक डा. खगराज बरालका अनुसार बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र पठनपाठन गर्ने र पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकपछि बरालले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘वैशाख १२ गते बसेको सीसीएमसी निर्देशक समिति बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र पठनपाठन जारी राख्ने र भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सबै प्रकारका परीक्षा अर्को आदेश नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ ।’

नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएपछि सरकारले विशेष सतर्कता अपनाएको छ । आइतबार मात्र देशभर ३१ सय २२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय विद्यार्थी र युवामा संक्रमण बढी देखिएपछि सरकारले पठाइमा वैकल्पिक विधि अपनाउन अनुरोध गर्दै आएको छ।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…