प्रचण्ड राष्ट्रिय समस्या हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै देशको राष्ट्रिय समस्या भएको गम्भीर आरोप लगाएका छन् ।
प्रधानमन्त्री ओलीले सो कुरा आइतबार इमेज टेलिभिजनको हट सिट कार्यक्रममा प्रस्तोता जगदीश खरेलसँगको अन्तर्वातामा बताएका हुन् । उनले देशमा तनाव अति भएको भन्दै सिके राउत, विप्लवहरुलाई राजनीतिक मूलधारमा ल्याएको भन्दै देशमा तनाव बढाउन नहुने बताए ।

‘तनाव अति भयो देशमा । तनाव चाहिने भन्दा बढि भयो । हामी एउटा द्धन्द्धको स्थितिबाट आयौं । अव तनावतिर होइन, अव प्रचण्डजीको हतियार उठाएर द्धन्द्ध गर्ने भएपनि देशलाई द्धन्द्ध र झमेलामा हाल्ने, उहाँले पार्टीलाई पनि झमेलामा हाल्नुहुन्छ, देशलाई पनि झमेलामा हाल्नुहुन्छ’, ओलीले भने, ‘उहाँ त एउटा राष्ट्रिय समस्या हो ।’

उनले अगाडि भने, ‘उहाँले कसैलाई पनि मिल्न नदिने, नेपाली काँग्रेसमा भन्नुस् न ? उहाँ शेरबहादुर देउवा, रामचन्द्र पौडेल कृष्ण सिटौला, शेखर कोइराला, शशांक कोइरालाकाबीचमा अहिले पनि खेलिरहनुभएको छ । तर, यति सावधानी र चतुर्याइका साथ किन उहाँलाई देश बनाउनु त छैन ।’

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…