कोरोनाको त्रासले सेयर बजारमा पहिरो

काठमाडौं । बुलिस ट्रेन्डमा अघि बढेको सेयर बजारमा कोरोनाको त्रासले ठूलै पहिरो गएको छ। साताको पहिलो दिन आइतबार सेयर बजार ७५.७९अंकले ओरालो लागेको छ। नेप्से सूचक २५७२ को विन्दुमा ओर्लिएको छ।

एकैदिन यति ठूलो अंक गिरावट हुनुलाई अस्वभाविक मानिएको छ। तर कारोबार रकम भने उत्साहजनक देखिन्छ। आइतबार सात अर्ब २८ करोड बराबरको सेयर कारोबार भएको छ। सबै उपसमूहरूमा गिरावट आएको छ। बजार खुल्‍नसाथ सुरुमा केही बेर हरियो रहेको नेप्से त्यसपछि निरन्तर ओरोलो लागेको थियो।

बजार २.८६% ले घटेको हो ।२१५ कम्पनीको १ करोड ४६ लाख ९० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कोरोनाको त्रासका कारण लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार घटेको बताइएको छ।

कारोबार भोल्यूम राम्रो भएकोले बजार छिटै फर्किने विश्‍वास लगानीकर्ताहरूले गरेका छन्। लकडाउनको हल्ला र कोरोनाको त्रासले गर्दा साना तथा मध्यम लगानीकर्ताहरू सेयर बेच्‍न आत्तिएको कारण यस्तो गिरावट आएको बताइएको छ।यही मौकामा ठूला लगानीकर्ता तथा खेलाडीहरूले भने निकै सस्तो मूल्यमा राम्रा कम्पनीको सेयर उठाएका छन्।

बजार बढ्नका लागि सबै सूचकहरू सकारात्मक रहेकोले कोरोनाको जोखिमबाहेक बजार घट्नुपर्ने कुनै कारण छैन। बैंक तथा वित्तिय संस्थाहरू तेस्रो त्रैमासिक रिपोर्ट धमाधम निकालिरहेको अहिलेको समय भनेको सेयर बजारका लागि ग्रिन सिजन मानिन्छ। अधिकांश बैंक तथा वित्तिय संस्थाहरूले आकर्षक कमाइको रिपोर्ट ल्याइरहेका छन्। त्रैमासिक रिपोर्टक आधारमा कुन कम्पनीले कति लाभांशा दिन्छ भनेर बजारमा हुने आंकलन र अपेक्षासँगै उत्साह थपिने बेला हो।

नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्य तथा महासंघअन्तर्गतको पुँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेल कोरोनाको डर र लकडाउनको हल्लाले बजारको मनोविज्ञानमा नकारात्मक असर परेको बताउँछन्।

उनी भन्छन्, एकैदिन यति ठूलो करेक्शसन अस्वभाविक हो।’ बजार घट्दाको उत्साहजनक कारोबार रकम र सबै सूचकहरू सकारात्मक भएकोले डराउनुपर्ने अवस्था नरहेको बताउँछन्। बजार बुलिस ट्रेन्डमै रहेको बताउँदै भन्छन् ‘पुँजी बजारमा लगानीका लागि अहिले अनुकुल वातावरण छ। तरलता पर्याप्त छ। बजारको लक्ष्य माथि नै देखिन्छ।’

पुस ५ को राजनीतिक घटनाक्रमपछि पनि राजनीतिक अन्योललाई बेवास्ता गर्दै सेयर बजार निरन्तर उछाल देखिएको छ। कोरोनाको जोखिम तथा राजनीतिक अन्योलले गर्दा लगानीका अरु क्षेत्रहरू खुम्चिएकोले पनि सेयर बजारतिरको आर्कर्षण बढेको छ।

यसअघि पनि एकथरी खेलाडीहरूले ब्याजदरलगायतका हल्ला फैलाएर बजार घटाउने प्रयास गरेका थिए। राम्रा कम्पनीहरूको मूल्य घटाएर सेयर बुक गर्न एकथरी खेलाडीहरू सधै सक्रिय रहन्छन्। यसको मारमा साना तथा मध्यम लगानीकर्ता पर्छन्। जसले आत्तिएर सस्तोमा सेयर बेच्‍छन्।

वित्तिय प्रणालीमा पर्याप्त तरलता, अनुकुल ब्याजदर, सेयर कर्जाको सुलभता, ब्रोकर कमिशनको कटौती, र पुँजी बजारको प्रणालीमा भइरहेको निरन्तर सुधारले गर्दा सेयर बजारले ‘बुलिस रन’ मा अघि बढ्ने विश्‍वास लगानीकर्ताहरूको देखिन्छ।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…