पत्रकारलाई नसमात्न अदालतको आदेश

उच्च अदालत पाटनले उज्यालो नेटवर्कका पत्रकारमाथि धरपकड नगर्न अन्तरिम आदेश दिएको छ ।

आज मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले समाचार लेखेकै आधारमा कानून विपरित हुनेगरी धरपकड नगर्न आदेश दिएको हो । विपक्षी महानगरीय प्रहरी अपराध अनुसन्धान शाखाका नाममा अदालतले यस्तो आदेश आएको हो ।

उज्यालो अनलाइनले बैशाख २ गते ‘रअ प्रमुख र ओलीबीच लिपुलेकको कुरा नउठाउनेदेखि एमसीसीमा मोदीले सघाउनेसम्मको सहमति (पत्रसहित)’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । उक्त समाचार सम्प्रेषण भएलगत्तै प्रहरीले उज्यालो नेटवर्कको कार्यालयमा छापा मारेको थियो । प्रहरीको खानतलासीपछि कार्यालय बन्द गरेर संचालक र सम्पादक सम्पर्कबिहीन भएका थिए ।

प्रहरीको धरपकडविरुद्ध उज्यालो नेटवर्कका तर्फबाट अनिलकुमार राउतले उच्च अदालत पाटनमा रिट हालेका थिए । निवेदकको मागबमोजिम अदालतले आज अन्तरिम आदेश दिएको हो ।

‘यसमा समाचार संकलन गर्ने संस्था समेतबाट प्रकाशित समाचारको खण्डन गरिसकेको भन्ने हुँदा फौजदारी मुद्धाको अनुसन्धान तहकिकात गर्ने बाहेक समाचार छापेकै आधारमा कानून विपरित हुने गरी धरपकड नगर्नु नगराउनु भनी विपक्षी प्रहरी निकायका नाममा रिट निवेदनको अन्तिम टुंगो नलाग्दासम्मका लागि अन्तरिम आदेश जारी गरिएको छ’,अदालतको आदेशमा भनिएको छ ।

अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि विपक्षीका नाममा आदेश दिएको छ,जसमा भनिएको छ, ‘निवेदकको मागबमोजिम किन आदेश जारी हुनु नपर्ने हो ?

मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सवुत प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु ।’

भर्खरै प्रकाशित

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…

दिपक मनाङे प्रचण्ड निवासमा, राजनीतिक घटनाक्रमबारे ‘बृहद् छलफल’

काठमाडौं । गण्डकी प्रदेशका मन्त्री दिपक मनाङेले काठमाडौं आएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।फेसबुकमा भेटघाटको तस्वीर सार्वजनिक गर्दै उनले ‘पछिल्लो राजनीतिक…