चीनले भारतलाई भन्यो- कोरोनाविरूद्ध लड्न हामी सघाउँछौं

चीनले भारतलाई कोरोनाभाइरसको महामारीविरूद्ध लड्न सहयोग गर्ने प्रस्ताव गरेको छ। यी दुई मुलुकबीच सीमा विवादका कारण केही समयदेखि तिक्ततापूर्ण सम्बन्ध जारी छ।

पछिल्लो समय भारत कोभिड-१९ को संसारकै हटस्पट बनेका बेला छिमेकी चीनले सहयोग गर्ने प्रस्ताव गरेको हो।

‘कोरोनाभाइरसविरूद्धको लडाइँमा चिनियाँ सरकार भारतीय जनता र सरकारको पक्षमा छ। भारतको आवश्यकताअनुसार चीन सरकार सहयोग गर्न तयार छ। यस विषय भारतीय पक्षसँग कुराकानी पनि भइरहेको छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्।

एकातिर दैनिक साढे ३ तीन लाख संक्रमित थपिइरहेका र अर्कातिर अमेरिकाले खोप बनाउन चाहिने सामग्रीको आपूर्ति रोकेका बेला भारतलाई चीनले सहयोगको प्रस्ताव राखेको हो।

भारतमा अहिलेसम्म चीनले बनाएको भ्याक्सिनलाई प्रयोग अनुमति दिइएको छैन। संक्रमित थपिएसँगै भारतका अस्पतालहरूमा अक्सिजनको अभाव भइरहेको छ। भारतले सिंगापुरलगायत मुलुकबाट अक्सिजन ल्याउन लागेको छ। यस्तो बेलामा चीनले महामारीविरूद्ध लड्न सघाउने प्रस्ताव गरेको हो।

चिनियाँ प्रस्तावमा भारत सरकारले के जवाफ फर्कायो भन्ने बाहिर आइसकेको छैन।

कुवेतले लगायो भारतीय उडानमा प्रतिबन्ध

कुवेतको नागरिक उड्डयन मन्त्रालयले भारतबाट आफ्नो देशमा आउने उडानहरुमा प्रतिबन्ध लगाएको छ । अब भारतबाट कुनै पनि उडान कुवेत जान पाउने छैनन् ।

पछिल्लो समय भारतमा देखिएको कोरोनाभाइरस महामारीका कारण यो निर्र्णय लिइएको हो । यो प्रतिबन्ध २४ अप्रिलसम्म लागु हुने बताइएको छ । कोरोना महामारीको अवस्थालाई हेरेर यो निर्णय गरिएको कुवेतले जनाएको छ ।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…