उज्यालो नेटवर्कका पत्रकार पक्राउ

काठमाडौं । प्रहरीले समाचार प्रकाशन गरेकै कारण उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले दुर्गालाललाई बसुन्धाराबाट पक्राउ गरेको हो ।

अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कबाट नियन्त्रणमा लिइएको हो । उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

केहीदिन पहिले सो अनलाइनले प्रधानमन्त्री केपी शर्माओली र भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीचको सम्झौता भन्दै एक सामग्री प्रकाशन भएको थियो । पछि सोही अनलाइनले गल्ती स्वीकार गर्दै प्रेस काउन्सिलमा माफी समेत मागेको थियो ।

समाचार प्रकाशनपछि प्रहरीले नेटवर्कका सम्पादक बुद्ध लोप्चन सहितका पत्रकारलाई धरपकड शुरु गरेको थियो । जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।

उनीहरुलाई राज्य विरुद्धको कसुर र लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । अनिश तामाङ सहितका पत्रकारलाई धरपकड नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो । तर, प्रहरीले सो आदेशको अवज्ञा गरेको छ ।

भर्खरै प्रकाशित

स्वीस बैंकमा करिब ४६ अर्बको कालोधन प्रधानमन्त्री ओली निकट व्यापारीहरुको

काठमाडौं । स्वीस बैंकमा नेपालीहरुको ‘शंकास्पद धन’ करिब ४६ अर्ब पुगेको छ । यो कालोधन भएको र त्यसमा उच्च नेताहरुको रहेको आशंका गरिएको छ ।…

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…