टुँडिखेलबाट सेना हटाउन नागरिक आन्दोलनको माग

गत पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध सडक आन्दोलनमा उत्रेको ‘वृहत नागरिक आन्दोलन’ले काठमाडौंको टुँडिखेल जनताको सम्पत्ति भएकाले त्यहाँबाट सेना हटाउन सरकारसँग माग गरेको छ ।

नागरिक आन्दोलनका तर्फबाट शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘अरूका लागि टुँडिखेल । सेनाले आफ्नो मौजा ठान्छ, सरकारले वार्षिक कर्मकाण्ड गर्ने थलो । पहिले त्यस्तो थिएन, अब कहिल्यै त्यस्तो हुन दिनु हुँदैन ।’

नागरिक आन्दोलनको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘लोकतन्त्र दिवस अवसरमा नागरिक आन्दोलन महानगर प्रमुखलाई अपिल गर्दछ, तिनि ख्यः (टुँडिखेल) मा सेनाको घेराबारा हटाएर नागरिकले निस्फिक्री टहल्ने र सास फेर्ने हक सुनिश्चित गर्नुपर्दछ ।

रानीपोखरीदेखि रंगशालासम्म, भृकुटीमण्डपदेखि माइतीघरसम्म पूरै तिनि ख्यः कायम गरिनुपर्दछ । लोकतन्त्र बलियो बनाउन समुदायको सम्पदा समुदायकै जिम्मा फर्काउनुपर्दछ ।’

अब ग्रेटर टुँडिखेलको पालो !

यसैबीच नागरिक अगुवाहरुले टुँडिखेलबाट सेना हटाइनुपर्ने र नागरिकका लागि खालि गरिनुपर्ने सरकारसँग माग गरेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकारले ट्विटरमा एउटा डिजाइन (तस्विर) पोस्ट गर्दै लेखेका छन्– धरहरापछि ग्रेटर टुँडिखेलको पालो !

भर्खरै प्रकाशित

निर्वाचन आयोगले ठाकुरसँग माग्यो जवाफ

काठमाडौँ । निर्वाचन आयोग जनता समाजवादी पार्टीमा देखिएको आधिकारितासम्बन्धी विवादको निरूपण प्रक्रियामा प्रवेश गरेको छ । आयोगले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिखित जवाफ पेस गर्न…

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…