कोरोनाबारे बालुवाटारमा ब्रिफिङ : आदेश नमाने लकडाउन !

भीडभाडका साथ धरहराको उद्घाटन गरेपछि बालुवाटार फर्केका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अपरान्ह कोरानाको जोखिम कसरी नियन्त्रण गर्ने भन्ने उपायको खोजीमा लागे । बालुवाटारमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ८ मन्त्री, १२ जना सचिव, सुरक्षा अंगका प्रमुखहरु र अन्य केही कर्मचारीको संलग्नतामा एउटा महत्वपूर्ण बैठक बस्यो । बैठक कोरोनाको बढ्दो जोखिमबारे प्रधानमन्त्रीसमक्ष ब्रिफिङका लागि आयोजना गरिएको थियो ।

बैठकमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिमा आवद्ध मन्त्री तथा सचिवहरूको सहभागिता थियो । त्यहाँ कोरोनाको जोखिम, यसमा भइरहेका प्रयासहरु, सरकारले भोगिरहनुपरेका समस्याबारे कर्मचारीका तर्फबाट प्रस्तुती गरिएको थियो ।

त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अधिकारीहरुले पनि प्रस्तुती गरेका थिए ।

आदेश पालना नभए लकडाउन !

स्रोतका अनुसार शनिबारको ब्रिफिङमा सहभागी सबैको साझा निष्कर्ष के थियो– सरकारले बैशाख ६ गते जारी गरेको आदेश कतैबाट पनि पालना भएन । कलेजका विद्यार्थीहरु पनि सडकमा देखिए ।

सार्वजनिक यातायात र फुटपाथको भीडभाड पनि उस्तै देखियो । कार्यालयहरूमा कर्मचारी घटेका छैनन्, जात्रा र कार्यक्रमहरुमा भीडभाड देखियो । सिमानामा होल्डिङ सेन्टरहरु बनाउने भने पनि आवतजावत अनियन्त्रित रह्यो । अस्पतालहरुमा बेड र स्वास्थ्य सामग्रीको अभाव हुन थालिसक्यो । सबैतिर लठिभद्र स्थित देखियो ।

यसरी सरकारी आदेश र निर्णयको कार्यान्वयन नभएको अवस्थामा जोखिम बढ्न सक्ने भन्दै यस्तो अवस्थामा यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने र कार्यकालमा आधा कर्मचारीमात्र राख्ने प्रावधानमा जानुपर्ने हुन सक्ने सरकारी कर्मचारीले प्रधानमन्त्री र मन्त्रीहरुलाई सुझाएको स्रोतले बतायो ।

बैठकमा सहभागी एक कर्मचारीका अनुसार शनिबार बालुवाटारमा ब्रिफिङ मात्रै भएको हो, त्यहाँ कुनै निर्णय भएको छैन । लकडाउन गर्नुपर्ने हुन सक्छ भन्ने निष्कर्ष निस्किए पनि त्यसबारे कुनै निर्णय भएको छैन ।

ती कर्मचारीले रातोपाटीसँग भने, ‘सरकारले जारी गरेको आदेश पालना भएन भने त लकडाउनमा जानुपर्ने हुन सक्छ, तर अहिले भीडभाड घटाएर चेन ब्रेक गर्नुपर्छ भन्नेमै स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयको जोड छ ।’ साभार : रतोपाटी।  फाइल तस्विर 

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…