भेरी अस्पतालमा अक्सिजन खरीद गर्न पुर्व शहरी विकास मन्त्री ईस्तियाक राईले दिए ५० लाख रुपैयाँ

बाँके, बैशाख ११ गते । बाँके निर्बाचन क्षेत्र नं २ बाट संघिय संसदमा निर्वाचित सांसद तथा पूर्व शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले नेपालगञ्जमा बढ्दो कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउने भएका छन् ।

पुर्व मन्त्री राईले आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी ५ हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएका हुन ।लाइभपाटी डट कमसगँ कुरा गर्दै पुर्व मन्त्री राईल भने–‘नेपालगञ्ज उपमहानगरपालिका भित्र बाटो र धार्मिक संस्था भित्रको निर्माण कार्य कार्यान्वयन नगरेको रकमलाई रकमान्तर गरी कोभिडको बिरामीको लागि आवश्यक पर्ने ५ हजार थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो ।’

पछिलो समय नेपालगञ्ज उपमहानगरपालिका भित्र कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन । भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढेसँगै बिरामीका लागि चाहिने अक्सिजनको समेत अभाव भएको छ ।

यहीबेला पुर्व शहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्वर २ का सांसद राईले भेरी अस्पताललाई ५० लाख रकम भेरी अस्तपताललाई अक्सिजन खरीदका लागि उपलब्ध गराएका गरेका छन् ।

बाँके क्षेत्र नम्वर २ का सांसद राईले अस्पतालमा अक्सिजनको अभाव कम हुने र कोरोना संक्रमितलाई राहत भेरी अस्पताललाई ५ हजार थान अक्सिजन खरीदका लागि उक्त रकम प्रदान गरेको जानकारीदनिुभयो । पुर्व मन्त्री राईले कोरोनाविरुद्धको लडाइँ लड्नका लागि मनकारीहरुसँग सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…