धरहरा चढ्दा आइफल टावर चढेको झल्को आयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आफूलाई आइफल टावर चढेको झल्को आएको बताएका छन्। शनिबार नवनिर्मित धरहरा उद्घाटनका क्रममा २० औं तल्ला पुगेर राजधानी अवलोकनको क्रममा उक्त झल्को आएको ओलीले बताएका हुन्।

प्रधानमन्त्री ओलीले २० औं तल्लामा वेगका साथ हावा चलेको समेत जानकारी गराए। ‘माथि धेरै बेगका साथ हावा चलेको छ। मैले चारैतिर हेरेँ, यहाँ हावा कम चलेपनि त्यहाँ माथि मजाको आनन्दको हावा चल्दो रैछ, मलाई आइफल टावर चलेको झल्को आयो। त्यहाँ पनि हावा चल्छ,’ उनले भने। प्रधानमन्त्री ओलीले देशमा विकास भएको धरहराबाट हेर्न सकिने बताए।

ओली राणा भएको भए धरहराको नाम ‘केपी टावर’ हुन्थ्यो : मेयर शाक्य

प्रधानमन्त्री केपी शर्मा ओली राणा भएको भए धरहराको नाम ‘केपी टावर’ रहने काठमाडौं महानगरका प्रमुख (मेयर) विद्यासुन्दर शाक्ले बताएका छन् । शनिबार पुननिर्मित धरहराको उद्घाटन कार्यक्रममा बोल्दै आज ओली नभइ राणा भएको भए यो टावरको नाम ‘केपी टावर’ रहने उनले बताए ।

उनले भने, ‘सायद आज ओली नभइ राणा भएको भए यो टावरको नाम केपी टावर हुन्थ्यो होला । किनकि त्यतिबेला राणाकालमा कसैको बोल्न सक्ने आँट थिएन, साहस थिएन ।’

उनका अनुसार राणाकालमा जति पनि दरबार, ऐतिहासिक सम्पदा बने ती सबै राणाहरुमध्ये कसै न कसैका नाममा रहेका छन् ।

राणाकालमा जे गर्यो त्यसैलाई साथ दिने, त्यसैलाई जयजयकार गर्ने प्रचलन रहेको पनि उनले बताएका छन् । तर, अहिले केही काम गर्दा खाेइराे खन्ने प्रवृत्ति रहेकाे बताए । पुरानो धरहरालाई संरक्षण गरेर राख्ने नयाँ धरहरालाई मौलिकता र ऐतिहासिक रूपमा झल्काउने काम भएको उनले बताए ।

पहिलाे प्रधानमन्त्रीत्व कार्यकालमा प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको काम सम्पन्न गर्न असम्भव भएको पनि मेयर शाक्यले बताए । अुनसार ०७४ को निर्वाचनपछि पुनः प्रधानमन्त्रीमा नियुक्त भएपछि धरहराको काम सम्पन्न गर्न सफल भएकोमा उनले प्रधामन्त्रीलाई धन्यवाद समेत दिए ।

पछिल्लो समय काठमाडौंं धुलो, धुवाँरहित भएको पनि उनको दाबी छ । गर्न सके केही पनि असम्भव नहुने बताउँदै काठमाडौंलाई हेर्नलायक बनाउने पनि उनले घोषणा गरेका छन् ।

साथै दरबार हाइस्कुल र रानीपाेखरी पनि पुनर्निर्माणपछि उद्घाटन सम्पन्न भइसकेको उनले स्मरण गराए ।

 

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…