मलाई ‘केपी बा’ले ठूलो धोका दिनु भो – भगवती चौधरी

काठमाडौँ । नेकपा एमालेकी नेता भगवती चौधरीले जिल्ला इन्चार्जको जिम्‍मेवारी नदिएकोमा असन्तुष्टि जनाएकी छन् ।

शुक्रबार बालुवाटारमा भएको एमाले अध्यक्ष केपी ओली पक्षको बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाएको छ । चौधरीले सुनसरी जिल्ला इन्चार्जमा दबी गरेकी थिइन्, तर जगदिश कुशवाहलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यसप्रति असन्तुष्टि जनाएर बैठक स्थलबाट बाहिरिएकी उनले अध्यक्ष ओलीबाट आफूले ठूलो धोका पाएको बताएकी छन् । ‘ मैले ओली बाको र पार्टीको सबै कुरा मान्दै आएकी थिएँ, तर यसपटक केपी बाले ठूलो धोका दिनुभयो । मेरो क्षमता र योग्यताको कदर गरिएन,’ उनले भनेकी छन् ।

एमालेको राजनीतिमा लामो समय सक्रिय रुपमा काम गरेको भएपनि पार्टीले आफूमाथि अन्याय भएको बताइन् । उनले भनिन्, ‘ मैले लामो समयसम्‍म एमालेको राजनीतिमा सक्रिय रुपमा काम गरेकी छु। त्यही पनि ममाथि यत्रो अन्‍याय भो। म कसरी सहूँ ? कति पटक सहूँ ?’

अध्यक्ष ओलीले गुण्डा राज गर्नेहरुलाई मात्रै स्थान दिने तर इमान भएकोलाई बहिस्कार गर्ने गरिएको उनले टिप्पणी गरिन् । उनले भनिन्, ‘ मेरो योग्यता, क्षमतालाई बहिस्कार गर्‍यो ओली बाको गुटले । विष्णु पौडेलले भन्‍ने एउटा, गर्ने अर्कै रहेछ। उनको गुट दलालीको रहेछ भन्न‍े बल्ल थाहा पाएँ ।’ उनले अब एमाले पार्टीभित्रै संघर्ष गर्ने बताइन् । साभार : अनलाइनखबर 

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…