अहिले पनि म एमालेको उपाध्यक्ष नै हुँ : बामदेव गौतम

काठमाडौं । नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटी सदस्य मनोनित गरेका बामदेव गौतमले आफू अहिले पनि एमालेको उपाध्यक्ष भएको बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको बैठकबाट गौतमलाई स्थायी कमिटी सदस्य चयन गरिएको थियो ।

तर, अध्यक्ष केपी शर्मा ओलीले आफूखुशी स्थायी कमिटी सदस्य चयनको निर्णय गरेको गौतमले निकट नेताहरुलाई बताएका छन् । ‘म एमालेको वैधानिक केन्द्रीय उपाध्यक्ष हुँ । कहिले सदस्य बनाउने, कहिले स्थायी कमिटी बनाउने भन्ने हुन्न’, गौतमको भनाइ उधृत गर्दै उनीनिकट एक नेताले भने । ओली र गौतमबीच विहीबार साँझ मात्रै डिनर वार्ता भएको थियो ।

उक्त वार्ताबारे पनि गलत प्रचार गरिएको भन्दै गौतमले खण्डन गरेका थिए । शुक्रबार बसेको बैठकले फेरि स्थायी कमिटी सदस्यमा चयन गर्ने निर्णय गरेको छ ।

तर, यो निर्णयको कुनै अर्थ नरहने गौतमको भनाइ छ । ५ पुसमा साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि गौतमले राष्ट्रिय एकता अभियान गठन गरेर छुट्टै गतिविधि गरिरहेका छन् ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…