केपी ओली एमाले फुटाएर जाँदैहुनुहुन्छ: भीम रावल

लागेको बताएका छन्। शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले आफूहरू नभई ओलीले नै पार्टी फुटाएर जान लागेको बताएका हुन्।

‘ओलीजी पार्टी फुटाएर जाँदैहुनुहुन्छ,’ रावलले भने,‘पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौं।’ उनले आफूहरू कुनै हालतमा एमालेबाट नभाग्ने स्पष्ट पारे। कसैको धम्कीबाट नडराउने बताउँदै एमालेको आफूहरू निर्वाचित पदाधिकारी भएको स्पष्ट पारे।

नवौं महाधिवेशनको म्यान्डेट अनुसार ओली अध्यक्ष भएको र आफूहरु पनि पदाधिकारी भएको बताए। रावलले भने, ‘हामी नेकपा एमालेमा टाँसिएका होइनौं, निर्वाचित पदाधिकारी हौं।’

कुनै व्यक्तिले हटाउँदैमा आफूहरुको सांसद पद नजाने जिकिर गरे। उनले सांसद पद जाने गरी विधि विधान विपरित कार्य नगरेकाले अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गर्न नसक्ने तर्क गरे। ‘कुनै व्यक्तिले हटाउँदैमा हाम्रो सांसद पद जाँदैन,’ ओलीलाई चुनौती दिदै रावलले भने, ‘सांसद पदबाट मुक्त हुन संविधानले स्पष्ट रुपमा विधि तोकेको छ भन्ने हेक्का होस्।’

विधि र विधान विपरित कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपा एमाले विभाजनको दिशातर्फ बढिरहेको आरोप लगाए।

उनले सांसद पदबाट आफूहरू हट्न राजीनामा दिनुपर्ने, दल त्याग गर्नुपर्ने, ह्वीप उल्लंघन गरेको हुनुपर्ने उल्लेख गरे। उनले भने, ‘हामीले सांसद पदबाट हट्नुपर्ने कुनै त्यस्तो कार्य गरेका छैनौं, कसैले हटाएर हट्दैनौं।’

आफूहरूले अलग पार्टी बनाएको आरोप हाँस्यास्पद भएको बताए। उनले भने, ‘हामीले अलग पार्टी चलाएको र सञ्चालन गरेका छैनौं।’

ओलीले सहमतिका लागि भन्दै माधवकुमार नेपालसँग गरेको दुई चरणको भेटलाई भ्रम छर्ने रणनीतिको संज्ञा दिए। कार्यकर्तामाझ मिलाउन खोजेको थिएँ भनी भ्रम छर्न ओलीले नेताहरुसँग पछिल्लो समय भेटवार्ता गरेको सुनाए।

ओलीले गठन गरेको स्थायी कमिटी र महाधिवेशन आयोजक कमिटीलाई उनले अवैधानिकको संज्ञा दिए। अवैधानिक कमिटी बनाएर गरिएको बैठक अवैधानिक नै हुने तर्क गर्दै सहभागी हुन नसक्ने बताए। उनले भने, ‘ओलीजी नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ भने हामी पनि सोही महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हौं।’

सहमतिका लागि २ जेठ २०७५ को अवस्थामा नेकपा एमालेको संरचनालाई सक्रिय बनाउनुको विकल्प नभएको बताए। ओलीले चालेका कदमहरु नसच्याएर देशमा अस्थिरता र अराजकता मच्चिने बताए।

देशको सीमाना मिचिएको भन्दै रावलले त्यस्तो अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने, नेकपा विघटन गर्ने र फेरि एमाले नै विघटन गराउन खोज्ने गतिविधि गरिरहेको आरोप लगाए। उनले भने,‘ भारत र चीन जस्ता देश अवस्थित भूराजनीतिक जटिलताका बीच रहेको देशमा ओलीको गतिविधि घातक छ।’

लिपुलेकमा भारतले मार्ग बनाउन लागेपछि आफूहरुले बारम्बार आवाज उठाएपछि मात्र ओली नक्शा प्रकाशित गर्न मानेको बताए। तर, नक्शा प्रकाशित सरकारी पुस्तिकामा प्रतिबन्ध लगाएको बताए।

ओलीले कोरोना महामारीको बखत जनता घरभित्र बस्दा दल विभाजनको अध्यादेश ल्याउने देखि देशको राजनीतिलाई दुषित गर्न लागेको आरोप लगाए। उनले ओलीको राष्ट्रवादमाथि नै प्रश्न गरे।

ओलीले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गराएर देशलाई बाह्य प्रभावमा पार्न खोजेको आरोप लगाए। एमसीसीलाई राष्ट्र हितविपरित भन्दै त्यसलाई रोक्न आफूहरु लागेको बताए। उनले भने,‘देशहित विपरित जान्न भनेर सभामुखले भन्नुभएको छ, उहाँलाई धन्यवाद छ।’ देश हितविपरितका प्रावधान राखिएको र त्यसलाई हटाएमा मात्र एमसीसी संशोधनसहित पारित गर्ने पक्षमा आफूहरु रहेको स्पष्ट पारे।

ओलीले एमसीसी नेपालको कानुनभन्दा माथि र प्रसारण लाइनमा अमेरिकी अधिकार स्थापित गर्ने प्रावधान राखेर पारित गर्न खोजेको आरोप लगाए।

‘नेपालको संविधान भन्दा माथि एमसीसीमा उल्लेखित प्रावधान खतरनाक छ।’ एमसीसीको प्रावधान सच्चिनुपर्ने भन्दै उनले भने, ‘कसैको ५ अर्ब वार्षिक रकममा देशको अस्मिता लुट्न दिन मिल्छ ?’ सुनको आसनमा बस्न दिएर आमाको अस्मिता लुट्न छुट दिए जस्तै स्वीकार्य नहुने बताए।

देशलाई अफगानिस्तान र सिरियाको अवस्थामा लाने शैली स्वीकार्य नभएको बताए। एमसीसीमा भएका देशहितविपरितको प्रावधान नहटाए सम्झौता रद्द गर्नुपर्ने बताए।

 

भर्खरै प्रकाशित

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…