‘माओवादी छाडे भनेर पीर नगर्नुस्, चुनाव गराएर जिताइन्छ’

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गर्ने नेताहरुको संरक्षणको जिम्मा आफूले लिने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बचन व्यक्त गर्नुभएको छ ।

शुक्रबार बालुवाटारमा बसेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले एमालेमा प्रवेश गरेका माओवादीका सबै पूर्वसांसदहरुलाई संरक्षण र आगामी निर्वाचनमा जिताउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

माओवादी छाडेर एमालेमा प्रवेश गर्दा निष्कासनमा परेका माओवादी सांसदहरुको संरक्षणको जिम्मा आफूले पूर्ण रुपमा लिएकाले पीर नगर्न अध्यक्ष ओलीको बचन रहेको छ ।

उहाँले भन्नुभएको छ, ‘पूर्वमाओवादी साथीहरु प्रचण्डको डर, धम्की, मुद्दा सामना गरेर आफ्नो सांसद पद त्यागेर जुन ढंगले लाग्नुभयो, उहाँहरुलाई पुनः चुनाव गराएर जिताइनेछ । एमालेमा लागेपछि जसरी पनि संरक्षण हुन्छ। केपी ओली अध्यक्ष भएको पार्टीमा कसैलाई अन्याय हुँदैन।’

माओवादी छाडेर एमालेमा प्रवेश गरेसँगै माओवादीले कारवाही गरेपछि रिक्त रहेका पदहरुमा पुनः जिताइन उहाँको बचन छ । उहाँका अनुसार ३५ दिन देखि ६ महिनाभित्र हुने चुनावमा पुनः जिताएर ल्याइनेछ।

 

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…