डिनर चल्दाचल्दै बालुवाटारबाट किन उठेर हिँडे वामदेव ?

काठमाडौँ । एमाले नेता वामदेव गौतमले गत फागुन २८ को निर्णय नसच्याएसम्म पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ नदिने प्रस्ट्याएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बेलुकी भएको डिनर मिटिङमा पनि आफूले ओलीलाई सोही कुरा बताएको उनले जनाएका छन् ।

गौतमले विज्ञप्तिमा उल्लेख गरेअनुसार बेलुकी ८ बजे भएको डिनर मिटिङमा ओलीले उनलाई पार्टी काममा फर्कन अनुरोध गरेका थिए । त्यसको बदलामा गौतमले फागुन २८ को बैठकले गरेको निर्णय अवैधानिक रहेको भन्दै फिर्ता लिन अनुरोध गरे ।

‘उहाँले ती निर्णय फिर्ता हुुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ,’ गौतमले विज्ञप्तिमा भनेका छन्, ‘डिनर चल्दै थियो, नमस्कार गरेर म बिदा भएँ ।’

डिनर मिटिङमा कानुन मन्त्री लीला श्रेष्ठ र एमाले मुख्य सचेतक विशाल भट्टराई पनि सहभागी थिए । ओली समूहले फागुन २८ गते एकपक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर महाधिवेशनबाट निर्वाचित भएका माधव नेपाल समूहका नेताहरूको जिम्मेवारी खोस्नुका साथै पदसमेत खारेज गरिदिएको थियो ।

गौतमसँग भेट्नुअघि बिहीबार दिउँसो ओलीले माधव नेपालसँग वान टु वान वार्ता गरेका थिए । तर दुवै नेता आ–आफ्नै लय नछोड्ने उद्घोषसहित छुट्टिएका थिए ।

भेटमा नेपालले फागुन २३ यता एमाले पार्टीका नाममा एकलौटी गरिएका सबै निर्णय फिर्ता लिए मात्रै सहमति जुट्न सक्ने अडान राखेकामा ओलीले असहमति जनाएका थिए । नेपाल समूहसँग कुरा मिल्ने छाँट नदेखिएपछि ओलीले अर्का नेता गौतमको साथ खोजेका हुन् ।

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…