अस्ट्रेलियाले दियो चीनलाई ठुलै झट्का : ‘बेल्ट एन्ड रोड’ परियोजना रद्द, चीनले दियो चेतावनी

काठमाण्डाै । अस्ट्रेलियाले चीनसँग उसको महत्त्वाकाङ्क्षी परियोजना ‘बेल्ट एन्ड रोड’ सँग जोडिएको दुई वटा सम्झौता रद्द गरेको छ ।

बुधवार अस्ट्रेलियाकी विदेश मन्त्री मेराइस पेनले चीनसँग चार वटा सम्झौता रद्द गर्ने घोषणा गर्नुभएको थियो तर त्यसमा बेल्ट एन्ड रोड परियोजनाको दुई वटा सम्झौताको खास चर्चा छ । खास कुरा के छ भने, यो दुई सम्झौता अस्ट्रेलियाले नगरि उसको भिक्टोरिया प्रान्तले सन् २०१८ र २०१९ मा चीनसँग गरेको थियो ।

अस्ट्रेलियाको सङ्घीय सरकारलाई गएको डिसेम्बरमा कुनै प्रान्त या विश्वविद्यालयले गरेको निर्णय रद्द गर्ने सक्ने भिटो पावर दिइएको थियो । अस्ट्रेलियाकी विदेश मन्त्री मेराइस पेनले एक विज्ञप्ति निकाल्दै सम्झौता रद्द हुनुको पछाडि विदेश नीति रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘म यी चार वटा सम्झौतालाई अस्ट्रेलियाको विदेश नीति या हाम्रो विदेशी सम्बन्धको प्रतिकूल मान्छु ।’ यो निर्णय बुधवार सार्वजनिक हुनुअघि चीनले यसमा आपत्ति जनाएको थियो ।

अस्ट्रेलियामा रहेको चिनियाँ दूतावासले यस कदमलाई ‘चीनविरुद्ध अस्ट्रेलियाले उठाएको एक अर्काे अनुचित र उत्तेजक कदम’ भएको बताएको थियो । चिनियाँ दूतावासले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘चीन-अस्ट्रेलिया सम्बन्ध सुमधुर बनाउन अस्ट्रेलिया सरकारले कुनै इमानदारी नदेखाएको देखिन्छ ।’

अस्ट्रेलियाको यो कदम द्विपक्षीय सम्बन्धलाई हानी पुर्याउने र आफैँलाई क्षति पुर्याएर समाप्त हुने चिनियाँ दूतावासले बताएको छ । सन् २०१८ मा अस्ट्रेलियाले चीनको प्राविधिक कम्पनी हुवाईमाथि फाइभ जी नेटवर्कको लागि प्रतिबन्ध लगाएपछि यी दुई देशको सम्बन्ध तनावपूर्ण बनेको थियो ।

यस्तो प्रतिबन्ध लगाउने अस्ट्रेलिया पहिलो देश थियो र त्यसपछि धेरै पश्चिमी देशले यस्तो निर्णय लिएका थिए । बोल्ड एन्ड रोड इनिशिएटिभ अर्थात् ‘वान बेल्ट, वान रोड’ चीनको महत्त्वाकाङ्क्षी परियोजना हो ।

चीनले यस विशाल परियोजनालाई ऐतिहासिक ‘सिल्क रुट’ को आधुनिक अवतार बताउँदै आएको छ । सिल्क रुट मध्ययुगमा त्यो बाटो थियो, जसले चीनलाई युरोप एसियाको बाँकी देशसँग जोड्थ्यो। यही माध्यमबाट विभिन्न देशमा कारोबार हुन्थ्यो ।

अहिले चीन उही ढाँचामा विश्वमा सडक, रेलवे लाइन र समुद्री बाटोको मार्गचित्र कोर्न चाहन्छ, जसको माध्यमबाट विश्वभर सहज रुपमा कारोबार गर्न चाहन्छ।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…