ललितपुरमा नगर प्रहरीको अभियान : सडकमा थुपारेको फोहोर घरमै फिर्ता

९ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकामा नगर प्रहरीले सडकमा फोहोर थुपार्ने घरधनीलाई कारबाही सुरु गरेको छ । यस्ता घरधनीले सडकमा फालेको फोहोर नगर प्रहरीले उनीहरुकै घरभित्रै फिर्ता गरिदिन थालेको छ ।

घरको फोहोर जथाभावी फाल्ने कामलाई निरुत्साहित गर्न फोहोर फाले घरमै फिर्ता गर्न थालेको हो ।

बिहीबार जाउलाखेलका एक घरधनीले भत्काएको घरबाट निस्किएको इँट्टालगायका फोहोर सडक पेटीमा थुपारेका थिए । तर उक्त फोहोर घरमै फिर्ता गरिदिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए । हाछेथुका अनुसार जाउलाखेल चोक भन्दा थोरै अगाडि निर्माणाधीन घरको फोहोर सडक पेटीमा थुपारिएको थियो ।

बाटोमा ठूलो फोहोरको थुप्रो रहेका कारण पैदलयात्रीलाई हिँड्नसमेत असहज भएको थियो । ‘सडक पेटीमा फोहोर थुपारिएको देखेपछि हामीले गएर सोध्यौँ, नजिकैको घरको मान्छेले फाल्नुभएको रहेछ’ नगर प्रहरी प्रमुख हाछेथुले भने, ‘हामीले फोहोर हटाउन आग्रह गर्‍यौं, एक हप्ताको समय सीमा नै तोकिदिँदा पनि उहाँले अटेर गर्नुभएपछि मेयर सा’पको निर्देशन अनुसार नै हामीले फोहोर फाल्नेकै घरमा फोहोर राखिदियौं ।’

उनका अनुसार करिब २ ट्रक फोहोर ती घरधनीले सडकमा थुपारेका थिए ।

सडक अतिक्रमण गर्ने जोसुकै भए पनि छुट नदिने हाछेथुले बताए । आगामी दिनमा पनि यस्तो कामलाई निरन्तरता दिने उनको भनाइ छ ।

‘सामान्य व्यापारी जो गुजारा चलाउन सडकमा व्यापार गर्छ उसलाई त कारबाही हुन्छ भने सडकमै फोहोरको थुप्रो फाल्ने धनाढ्यलाई छाडिदिँदा भेदभाव हुन्छ’ उनी भन्छन्, ‘यसकारण कुनै भेदभाव हुँदैन, हामी कुनै एक व्यक्तिको होइन हजारौं सर्वसाधारणको हित हेरेर यो काम गरेका हौं ।’

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…