ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण : शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग होस्

९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी र संसदीय दलको विधान विपरीत कुनै काम नगरेको सष्टीकरण दिएका छन् । साथै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग गर्न आग्रह गरेका छन् ।

अध्यक्ष एवं संसदीय दलका नेता ओलीले सांसद पदबाट किन कारबाही नगर्ने भनी सोधेको स्पष्टीकरणको लिखित जवाफ दिँदै भुसालले २३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसला अनुसार २ जेठ २०७५ बाट एमाले पार्टी जीवन पुनः आरम्भ गर्नुपर्ने वैधानिक, कानूनी, राजनीतिक र व्यवहारिक तथ्यलाई इन्कार गर्दै पार्टीलाई विभाजित गर्न सङ्ठित प्रयास भएपछि राष्ट्रिय भेला गर्न आफूले पनि भूमिका खेलेको बताएका छन् ।

उक्त भेला पार्टीको इतिहास, गौरव, विधि, मूल्यहरुको रक्षाका लागि भएको भन्दै उनले भनेका छन्, ‘यस वापत ब्यहोर्नुपर्ने कुनै पनि परिणाम ब्यहोर्न आफू तयार नै रहेको कुरा अनुरोध गर्छु ।’

पार्टीमा बदलिँदो नेपाली समाजको चरित्रलाई ठम्याउने र त्यसअनुसार पार्टीको कार्यदिशा र सिद्धान्तहरु निर्माणमा बहस तथा विवाद भएको र नवौँ महाधिवेशनले आफूसहितका पक्षको विचार पारित गरेको भुसालले स्मरण गरेका छन् ।

तर पार्टीले उक्त कार्यदिशा र सिद्धान्तको कार्यान्वयन नगरेको विषयमा आफूले आवाज उठाउँदै आएको भन्दै उनले लेखेका छन्, ‘त्यसक्रममा मेरो आलोचना र विरोध हुँदै आएको कुरामा म स्पष्ट छु । आफ्नो त्यस क्रियाकलाप वापत हुन जाने परिणामलाई ब्यहोर्न तयार छु ।’

एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपमहासचिव एवं सांसद भुसालले स्पष्टीकरणमा पार्टीमा देखिएको समस्या र त्यसले उत्पन्न गराएको विभाजनको खतरा टार्न पार्टी अध्यक्ष र संसदीय दलको नेताका रुपमा केपी शर्मा ओलीकै भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

पार्टीलाई जोगाउन व्यक्तिगत रुपमा आफूले गर्नुपर्ने त्यागका लागि आफू तयार रहेको भन्दै उनले भनेका छन्, ‘तपाईंको शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग हुनेछ भन्ने आशा गर्छु ।’

 

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…