नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक अक्सिजन उत्पादन भयो

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ ।

नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक उपकरणबाट अक्सिजन उत्पादन भएपछि दोस्रो सफलता हात परेको हो । यसअघि नासाले मंगल ग्रहको सतहमा पहिलो पटक सानो हेलिकप्टर उठाएको थियो ।

यानमा रहेको मोक्सी नामक उपकरणले मंगल ग्रहको कार्बन डाइअक्साइडबाट अक्सिजन उत्पादन गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । अक्सिजन उत्पादन गर्न सफल मोक्सीको आकार टोस्टर (पाउरोटी बनाउने/तताउने सानो मेशिन) जति छ ।

समाचार अनुसार मोक्सीले एक घण्टामा पाँच ग्राम अक्सिजन तयार गरेको छ । उक्त परिमाणको अक्सिजनले एक जना अन्तरिक्ष यात्रीलाई १० मिनेटसम्म श्वास फेर्न पुग्छ । मोक्सीले प्रतिघण्टा १० ग्रामसम्म अक्सिजन उत्पादन गर्न सक्ने बनाइएको छ ।

नासाले हाल परीक्षण स्वरुप उक्त परिमाणको अक्सिजन उत्पादन गरिएको बताएको छ । भविष्यमा ठूलो परिमाणमा अक्सिजन उत्पादन गर्न सकियोस् र पृथ्वीबाट अक्सिजन बोक्न नपरोस् भनेर उक्त परीक्षण गरिएको पनि नासाको भनाइ छ ।

मंगल ग्रहमा जाने अन्तरिक्ष यात्रीका लागि मात्रै होइन, रकेटका लागि पनि अक्सिजन चाहिन्छ । तर मंगल ग्रहमा कार्बन डाइअक्साइडको मात्रा धेरै अर्थात् ९६ प्रतिशत छ । जबकि अक्सिजनको मात्रा निकै कम अर्था्त ०.१३ प्रतिशत मात्रै छ ।

पछिल्लो परीक्षणका क्रममा मोक्सीले कार्बन डाइअक्साइडबाट अक्सिजनका अणु छुट्ट्याएको र अक्सिजन अगल गरेपछि बाँकी रहेको कार्बन मोनोअक्साइड मंगल ग्रहमा नै फालिएको नासाले बताएको छ ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…