चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् ।

थपिएका संक्रमितमध्ये २० देखि २९ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा धेरै ५७५ जना र ३० देखि ३९ वर्षका ५५५ जना छन् । पछिल्लो चौबीस घण्टामा सबैभन्दा धेरै वाग्मती प्रदेशमा कोभिड १९ संक्रमित थपिएका छन् । वाग्मतीमा १ हजार ४११ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै प्रदेश २ मा ९०, गण्डकीमा ४०, लुम्बिनीमा ५५८, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा ९७ जना संक्रमित थपिएका हुन् । संक्रमित हुनेहरुमा अहिले मुलुकभर १७० जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार १ जना र ४४७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

आज २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि

आज नेपालमा कोरोना भाइरसका २४ सय २८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १० हजार ४ सय ४८ पिसीआर परिक्षणमा २४ सय २८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज २ सय ५२ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७६ हजार ३ सय ४५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…