आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश पनि मानिसका गतिविधिका कारण प्रदूषित भइसकेको छ ।

वैज्ञानिकहरुले अब आकाशबाट पर्ने पानी पनि प्लास्टिकले प्रदूषित भएको बताएका छन् । आकाशको पानी सँगसँगै प्लास्टिक पनि आउन थालेको छ । जर्नल साइन्स नामक पत्रिकामा प्रकाशित शोध रिपोर्टमा आकाशबाट पानीसँगै प्लास्टिक पनि वर्षिने भनिएको छ । यस शोध अध्ययनका लागि लिइएको ९८ प्रतिशत नमूनामा पानी तथा हावामा प्लाष्टिकको कण पाइएको थियो ।

अमेरिकी शोधकर्ताले चौध महिना लगाएर लिएको अधिकांश नमूना प्रदूषित भएको पाइएको थियो । डेली मेलका अनुसार यो एकदमै चिन्ताजनक कुरा भएको तथा हरेक वर्ष एक हजार टन प्लाष्टिकको कण पानीसँगै पृथ्वीमा आउने उल्लेख गरिएको छ ।

सामान्य भाषामा भन्दा हरेक वर्ष १.२० करोड प्लाष्टिकका बोतल माइक्रो प्लास्टिकका रूपमा आकाशबाट पृथ्वीमा आउने गरेका छन । सबैभन्दा डरलाग्दो कुरा के भने अमेरिकाको जम्मा ६ प्रतिशत भूभागबाट मात्रै यी नमूना संकलित गरिएका थिए।

पृथ्वीमा रहेको माइक्रो प्लास्टिक वाफ बनेर बादलमा परिणत भइरहेको छ। यस प्रक्रिया ले प्लास्टिक वर्षाको रुपमा पृथ्वीभरी फैलिरहेको छ । यो यति सुक्ष्म हुन्छ कि यसलाई आँखाले देख्न सकिँदैन । पृथ्वीमा आउने हावा-हुरी -आँधीका कारण यो माथिको वातावरणमा पुग्छ । र कालांतरमा आकाशमा पुगेका यी माइक्रो प्लास्टिकका कण पानीसँगै पृथ्वीमा फर्किन्छन।

आकाशबाट वर्षिने प्लास्टिकका कणले विगतमा भएको ‘एसिड रेन’ को स्मृति गराएको छ। केही वर्ष पहिला नर्थ अमेरिका र यूरोपमा ‘एसिड रेन’ भएको थियो। त्यहाँ रहेका पावर स्टेशनबाट उत्सर्जित हुने सल्फर डाइऑक्साइड और नाइट्रोजन ऑक्साइड का कारण आकाशबाट एसिडको वर्षा भएको थियो।

 

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…