जनता आफैँ सतर्क बनौँ : देशका प्रमुख अस्पतालमै छैनन् अक्सिजन प्लान्ट

काठमाडौं । वीर : गत वर्ष जब दुनियाँभर नेपालमा कोभिडको पहिलो लहर आयो, त्यही वेला देशको जेठो अस्पताल तथा विपन्नको सहारा वीर अस्पतालको अक्सिजन प्लान्ट बिग्रियो । तर, देश महामारीको अभूतपूर्व चपेटामा छ, तर एक वर्षसम्म पनि वीर अस्पतालको अक्सिजन प्लान्ट अझै मर्मत भएको छैन ।

वीरमा सामान्य अवस्थामा दैनिक सय सिलिन्डर अक्सिजन खपत हुन्छ । तर, कोभिडको समयमा तीन सय सिलिन्डर खपत हुने बताउँछन् वीर अस्पतालका कोभिड संयोजक डा। अच्युत कार्की । यही वेला अक्सिजन प्लान्ट थन्किएको छ ।

पाटन स् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट बिग्रिएको एक वर्ष भइसकेको छ । सयभन्दा बढी सिलिन्डर प्रयोग हुने अस्पतालमा अक्सिजन प्लान्ट अनिवार्य मानिन्छ । तर, करिब तीन सय सिलिन्डर प्रयोग हुने पाटनको अक्सिजन प्लान्ट एक वर्षदेखि बन्द छ ।

पोखरा : अक्सिजन प्लान्ट बनाउन आएको बजेट बैंकमा राखेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिलिन्डर खरिद गरिरहेको छ । अक्सिजन प्लान्टका लागि विनियोजित ६५ लाख रुपैयाँ पाँच वर्षदेखि बैँकमा छ । जब कि प्रतिष्ठानमा दैनिक करिब एक सय ५० सिलिन्डर खपत हुन्छन् ।

विनियोजित रकम अपुग भएकाले प्लान्ट खरिद गर्न नसकिएको र थप बजेट पनि प्राप्त नभएको प्रतिष्ठानका निर्देशक डा। अर्जुन आचार्यले बताए ।

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अक्सिजन प्लान्ट बिग्रिएको छ । यो अस्पतालमा सामान्य अवस्थामा पनि दैनिक एक सय ५० सिलिन्डर खरिद गरिन्छ । अझ, अहिले कोभिड समयमा यसको प्रयोग दोब्बर भएको छ । तर, यस्तो वेला पनि अस्पतालले प्लान्ट बनाएको छैन । सिलिन्डर खरिद गरेर जुगाड चलाइरहेको छ । नयाँ पत्रिकाबाट 

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…