गरीब तर जिम्मेवारपूर्ण – पातबाट बनेको मास्क, विश्व चकित पारेकाे हृदयविदारक तस्विर

विभिन्न प्रकारका भिडियोहरू र फोटोहरू सोशल मीडियामा भाइरल हुन्छन् र भइरहन्छन्। भाइरल बनेका त्यस्ता तस्विर र भिडियाेहरू केही रमाईलो हुन्छन् त केही कुराहरूले हाम्राे निकै मन छुन्छ भाबुक बनाइदिन्छ । त्यस्तै एउटा तस्वीर आजकल इन्टरनेटमा भाइरल भइरहेकाे छ, यो देखेर तपाईको आँखामा पनि सायद आँसु थामिनेछैन।

भारतमा कोरोनाभाइरस संक्रमण तीब्र गतिमा फैलिरहेकाे छ । दिनदिनै नयाँ रेकर्ड बन्नेक्रममा छ । केन्द्र र राज्य सरकारहरूले मानिसहरूलाई कोविड प्रोटोकल अनुसरण गर्न र मास्क लगाउन आग्रह गरिरहेका छन्।

यस्तो अवस्थामा, सामाजिक सञ्जालमा एक भाबुक तस्वीर भाइरल भइरहेको छ। जसमा एक महिला र बच्चाले पातको मास्क लगाएका छन्। यो फोटो आईपीएस अफिसर आरके विजले आफ्नो ट्विटर खातामा सेयर गरेका छन् । सँगै मानिसहरूलाई मास्क लगाउन अपिल पनि गरेका छन्।

तस्विरमा हामी देख्न सक्छौं कि एक महिला र बच्चा दुबैले पातको मास्क लगाएका छन्। बच्चा काखमा च्यापेर उभिएकी ती महिलासँग सायद मास्क थिएन हाेला।

त्यसैले उनले पातबाट बनेको मास्क लगाइन् । फोटोको क्याप्शनमा, अफिसरले लेखेका छन्, ‘गरीब, तर गैरजिम्मेवारपूर्ण हैन।’ सोशल मीडियामा व्यक्तिहरूले यस फोटोको आनन्द लिइरहेका छन्। व्यक्तिहरूले यसलाई एक अर्कामा मात्र साझेदारी गरिरहेका छैनन् तर यसमा विभिन्न टिप्पणीहरू र प्रतिक्रिया पनि दिइरहेका छन्। यो तस्वीर मान्छे को हृदय छाेएकाे छ।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…