रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

लमजुङ । लमजुङमा सासू–ससुरालाई स्याहार–सुसार गर्ने बुहारीहरूलाई सम्मान गरिएको छ । वृद्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–सम्भार, पालनपोषण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो ।

ज्येष्ठ नागरिक समाज भोटेओडारको आठौँ साधारण सभा तथा पाँचौँ अधिवेशन एवम् ज्येष्ठ नागरिक असल सन्तति सम्मान कार्यक्रमको अवसरमा सुन्दरबजार नगरपालिका क्षेत्रका पाँच बुहारीलाई सम्मानित गरिएको समाजका अध्यक्ष नारायणबहादुर कुवँरले जानकारी दिनुभयो ।

अध्यक्ष कुवँरका सुन्दरबजार नगरपालिका ८ अकलाकी गोमा परियार, सुन्दरबजार नगरपालिका ८ चुनपहाराकी देवी कुँवर, सुन्दरबजार नगरपालिका ८ घोक्रेश्वाँराकी गङ्गा कार्की , सुन्दरबजार नगरपालिका ८ बलिथुमकी टेकमाया ढकाल र सुन्दरबजार नगरपालिका ९ की दीपा खनाललाई प्रमाणपत्रको साथमा दोसल्ला ओढाइ सम्मान गरिएको हो ।

समाजले सम्मान गरेकोमा खुसी मिलेको सम्मानित हुनुभएकी गोमा परियारले बताउनुभयो । ‘मिठो वचन गरी मिठो–नमिठो जे छ त्यो खान दिएमा, राम्रो व्यवहार गरेमा ज्येष्ठ नागरिक खुसी हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘सम्मानित भएपछि झनै उहाँहरूको राम्रो स्याहार–सुसार गर्न हौसला मिलेको छ ।’

कार्यक्रममा भोटेओडा क्षेत्रमा ८० देखि ८४ वर्षसम्मका १५ जना ज्येष्ठ नागरिकलाई पनि दोसल्ला ओढाइ लाैरी, टर्चलाइट, फलफूल वितरण गरिएको छ ।

‘ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ । सन्ततिले वृद्ध बा–आमाको सम्मानपूवर्क स्याहार–सुसार गर्नुपर्छ भन्ने उद्देश्यका साथ ज्येष्ठ नागरिक, बा–आमा, सासू–ससुराको सम्मानपूर्वक स्याहार–सुसार, पालनपोषण गर्नेलाई समाजले बर्सेनि सम्मान गर्दै आएको छ’, अध्यक्ष कुवँरले भन्नुभयो ।

कार्यक्रमकै अवसरमा भोटेओडार सिउँडीबारमा रहेकाे यात्रु प्रतीक्षालयमा लामो समयदेखि पिउने पानीको व्यवस्था गर्दै आउनुभएकी स्थानीय समाजसेवी पूर्णीमाया घलेलाई पनि सम्मान गरिएको छ ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…