रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।

महका फ्याट, कोलेस्ट्रोल र सोडियम हुनाले यसले रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । यसमा एन्टीसेप्टिक, एन्टीबायोटिक, भिटामिन बी१ र बी६ भरपूर मात्रा हुन्छ । स्वास्थ्य र सुन्दरता दुवैका लागि लाभदायक हुन्छ ।
जाडोमा हुने ससाना समस्याबाट यसले बचाउँछ ।

शहदमा भएको ग्लुकोजलाई शरीरले तत्कालै सोस्छ जसले गर्दा शरीरमा ऊर्जा कायम रहन्छ । अनि व्यायामअघि दुई चम्चा मह खाँदा थकान अनुभव हुँदैन । चिया वा कफी पिउँदा पनि चिनीको साटो मह खाने गर्नुस् ।

दिनको दुई चम्चा मह खाँदा खोकी लाग्दैन । यसमा एन्टीमाइक्रोबियल गुण भएकाले गर्दा संक्रमण उत्पन्न गर्ने ब्याक्टेरियालाई सिध्याउँछ । महले रगतमा पोलिफोनिक एन्टीअक्सिडेन्टको स्तर बढाउँछ जसले गर्दा तपाईं मुटुरोगबाट बच्न सक्नुहुन्छ ।

महबाट सेरोटोनिन रसायन निस्कने भएकाले मूड राम्रो रहन्छ । शरीरले यो सेरोटोनिन रसायनलाई मेलाटानिन रसायनमा परिवर्तन गर्छ । अनिद्राको समस्या छ भने राति सुत्नुअघि एक गिलास तातो दूधमा मह मिसाएर खानुभयो भने राम्रो निद्रा लाग्छ ।

बिहान खाली पेट मनतातो पानीमा मह र कागतीको रस मिसाएरु पिउँदा स्वास्थ्यलाई राम्रो गर्छ । दिनदिनै एक चम्चा मह तातोपानीमा हालेर पिउँदा रक्तचाप नियन्त्रणमा रहन्छ ।

महले भोकलाई नियन्त्रणमा राख्ने भएकाले तौल घटाउन सहायता गर्छ । राति सुत्नुअघि मह सेवन गर्दा बढी क्यालोरी डढ्छ ।

जाडोमा महले अनुहारमा ३० मिनेटसम्म मसाज गर्नुहोस् । त्यसपछि मनतातो पानीले अनुहार सफा गर्नुस् । महले छालाका लागि प्राकृतिक मोइस्चराइजरको काम गर्छ । यसले छालामा आर्द्रता कायम राख्छ र डण्डीफोर, दाग र
छाला सुक्खा हुने समस्या हटाउँछ ।

रोल्पाको महको ट्रेन्ड 

रोल्पामा प्रशस्त मात्रामा विभिन्न प्रजातिका फूल पाइने भएकाले किसानले माहुरीपालनबाट मह उत्पादन गरी आम्दानीसमेत गरिरहेका छन् ।

रोल्पाका किसानले मौरी पालन गरी आम्दानी गर्न थालेका छन् । विकट ठाउँ भए पनि धेरै प्रजातिका फूल पाइने र ती फूलको रसमा मौरी भुलिने गरेका कारण यहाँ मौरी पालन हुन थालेको हो ।

रोल्पाका स्थानीय मात्र होइन, बाहिरी जिल्लाका मौरीपालक किसानले पनि यहाँ मौरी चराउन लैजाने गरेका छन् । रोल्पामा  अनुमानित  १० मेट्रिक टन भन्दा धेरै मह उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले  बताउँछ । भावाङ, जेदवाङ, जिनावाङ, खुंग्रीलगायतका गाविस मह उत्पादनका पकेट क्षेत्र मानिन्छन् ।

यहाँ भिर, खग्रो, किटौरी र घर मौरी पाइन्छन् । जिल्लामा पुरानै शैलीका मुढे घारमा मौरी पाल्ने चलन छ । गाउँगाउँका किसानले मौरी पालन गरिरहे पनि कृषि विकास कार्यालयले भने यसबारेमा कुनै अनुसन्धान गरेको छैन ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…