‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च हुने

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर भएको एयरबस–३३० मकालु जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएपछि निर्माता कम्पनीले प्रतिस्थापन गर्नुपर्ने ठहर गरेको थियो।

सोही जहाजको गियर प्रतिस्थापन लगायतका अन्य पार्टस राख्‍नका लागि २२ करोड खर्च हुने महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए।

एयरबसको सिफारिस लगत्तै गियर प्रतिस्थापनका लागि आवश्यक खर्चका लागि अध्ययन गर्न आन्तरिक एसिसमेन्टबाट ६० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। गियरसँगै अन्य कामका लागि थप रकम आवश्यक हुने एयरलाइन्सको आन्तरिक एसिसमेन्ट थियो।

तर खुला प्रतिस्पर्धाबाट कम्पनी छनौट गर्दा अब कूल २२ करोड खर्च हुने देखिएको पौडेलले जानकारी दिए।

सन् २०२१ को ८ जनवरीमा कतारको दोहाबाट आएको उक्त जहाज काठमाडौंमा अवतरण गर्दा हेभी ल्यान्डिङ गरिएको थियो। हेभी ल्यान्डिङको विषयलाई जानकारी गराएर तत्काल सिचेकमा पठाउनुपर्ने भएपनि उक्त उडानका क्याप्टेनले जानकारी लुकाएका थिए।

उक्त घटनापछि पनि निरन्तर उडान गरिएको थियो। तर पछि जहाज निर्माता कम्पनीले आफ्नो सूचना प्रणालीबाट हेभी ल्यान्डिको जानकारी एयरलाइन्सलाई गराएको थियो। उक्त जहाज अहिलेसम्म पनि ग्राउन्डेड छ।

उक्त उडान दलका दुई पाइलटलाई कारबाही गरिएको पौडेलले जानकारी दिए। निश्चित उडान प्रतिबन्धदेखि तलब सुविधा बृद्धिमा रोक लगाइएको उनले जानकारी दिए।

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…