रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय पत्रकार अधिकारीको मंगलवार राति काठमान्डौंमा उपचारका क्रममा मृ’त्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

अधिकारी चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा घोराहीस्थित नेपाल पत्रकार महासंघमा भएको निर्वाचनमा मतदान गरेका थिए । चैत २६ गते पिसिआर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमन पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्थामा बिग्रदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकोप्टर चार्टर गरि थप उपचारका लागि काठमाडौं लगिएको थियो । उनको उपचारका क्रममा मंगलवार राति काठमाडौंमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । पत्रकार अधिकारीले गोरक्ष राष्ट्रिय दैनिकमा चार बर्ष ब्यवस्थापकका साथै समाचार लेख्ने काम गरेका थिए । उनी एक निडर र निर्भिक पत्रकारका थिए ।

जो बिगतका कठिन परिस्थितिका बाबजुद समाचार सम्प्रेशनका लागि एक्लै साईकलबाट लमही पुगेका थिए । २०६२ साल फागुन २६ गते सुरक्षाक’र्मीको गो’ली लागेर घोराहीमा उमेशचन्द्रको थापाले साहादत प्राप्त गरेपछि र ज्यूँदा शहिद कृष्ण गिरीमाथि गोली लागेको खवर सम्प्रेशसनका लागि एटलस साईकल चढेर अधिकारी एक्लै लमही पुगेका व्यक्ति हुन ।

त्यो कामका लागि अधिकारीलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र महासंघ दाङ शाखाका पूर्व अध्यक्ष सुदिप गौतमले समाचार लेखेर काठमाडौंमा फ्याक्स गर्नका लागि पठाएका थिए । तत्कालिन समयमा कफ्र्यू लगाइएको थियो ।

सेनाले यातायात ठप्प पारेको थियो । तुलसीपुर र घोराहीमा टेलिफोनहरु काटेको थियो । त्यही भएर उनी समाचार फ्याक्स गर्नका लागि २४ किलो मिटर टाढा साईकल चलाएर पुगेका थिए । अधिकारी परिवारका एक्ला छोरा हुन । उनका श्रीमती एक छोरा र छोरी छन् ।

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…