रुख चढेर क्रिकेट हेर्ने नेपाली दर्शकको बेन कुपरले गरे तारिफ

काठमाडौंमा अहिले त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट चलिरहेको छ । गत शनिबारदेखि सुरु भएको सिरिजमा सुरुको तीन दिन दर्शकसहितको खेल भएको थियो ।

तर सरकारको पछिल्लो निर्णयपछि मंगलबारदेखि भने दर्शकलाई खेल हेर्न प्रवेश निषेध गरिएको छ । मंगलबार नेपालले नेदरल्याण्ड्ससंग खेल्दा दर्शकलाई प्रवेन गर्न दिइएन ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकको निर्णयअनुसार दर्शकसहित खेलकुद गतिविधि गर्न नपाउने निर्णय गरेपछि मंगलबार त्रिवि क्रिकेट मैदानमा नेपालल दर्शकविनै खेल्यो । पहिलो खेलमा करिब ५ हजार दर्शकको अगाडि नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो ।

तर मंगलबार पहिलोपटक घरेलु मैदानमा दर्शकविना खेल्दा नेपाल नेदरलयाणड्ससँग ३ विकेटले पराजित भयो । नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले ३ बल अगावै ७ विकेट गुमाएर पूरा गरेको हो । उक्त खेलमा बास डे लिड र बेन कुपरले अर्धशतक प्रहार गरे ।

उनै बेन कुपरले नेपाली दर्शकको खेलप्रतिको लगावको तारिफ गरेका छन् । उनले ट्वीटरमा मैदानमा दर्शक प्रवेश निषेध गरे पनि त्यसले खेल हेर्न नरोकेको उल्लेख गरेका छन् ।

‘मैदानमा दर्शकलाई प्रवेश निषेध गरिएको छ तर त्यसले नेपाली दर्शकलाई रोक्न सकेन । विशुद्ध समर्पण जसले देखाउँछ कि उनीहरुलाई आफ्नो क्रिकेट र आफ्नो टिम कति महत्वपूर्ण छ ।’ कुपरले नेपाली क्रिकेटर पारस खड्काले पोष्ट गरेको फोटोलाई रिट्विट गर्दै लेखेका छन् ।

मैदानभित्र गएर खेल हेर्न निषेध गरिए पनि दर्शकलाई प्रत्यक्ष खेल हेर्न कसैले रोक्न सकेन । टीयू मैदानको पर्खाल बाहिर बसेर, रुखमा बसेर दर्शकले खेल हेर्दै नेपाली टोलीको समर्थन गरे । उनीहरुले आफ्नो प्रिय टिमको खेल छुटाउन सकेनन् ।

यस्तै आयरल्याण्डका पुर्व क्रिकेटर इयान जोन्सनले बाहिरबाट खेल हेरिरहेको दर्शकको स्क्रिनसट ट्वीट गर्दै क्लोज डोरमा खेल्दाको सम्मान भनेका छन् । ‘जहाँ इच्छा त्यहाँ उपाए’ भन्दै लेखेका छन् । सिरिज अन्तर्गत आज नेदरल्याण्ड्स र मलेसियाबीच खेल हुँदैछ ।

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…