नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि नेपाल समूह छुट्टै दल गठन गृहकार्यमा जुटेको छ ।

पार्टीलाई विधान, पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने माग नेपाल समूहको छ भने संस्थापन पक्षले विधि पद्धतिको ‘नक्कली कुरा’ गरेर समानान्तर गतिविधि र पार्टी हितविपरीत कार्य गरिरहेको आरोप ओली समूहले लगाउँदै आएको छ । नेपाल समूह आफैं पार्टी फुटाउने गृहकार्यमा जुटेको आरोप ओली पक्षको छ ।

स्रोतका अनुसार ओलीले नेपाल समूहका नेतालाई कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि नेपाल समूहले नयाँ दल दर्ता गर्ने गृहकार्य अघि बढाएको हो । पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले नयाँ दल दर्ता, चुनाव चिह्न के राख्नेबारे आफू निकटका नेतासँग छलफल सुरु गरेको स्रोतको दाबी छ ।

‘पार्टी प्रमुख केपी ओलीले छानीछानी नेपाल समूहका नेतालाई कारबाही गर्न थालेपछि अर्को विकल्पको खोजी सुरु भएको हो । अब नयाँ दल दर्ता गरेर आगामी निर्वाचनमा सहभागी हुनेगरी संगठन निर्माणमा जुटछौं,’ एमाले स्रोतले भन्यो, ‘यदि केपी ओलीले आफ्नो गतिविधिमा सुधार गर्नुभएन भने नयाँ दल दर्ता गराउँछौँ ।’

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी समाजवादी राख्ने र उपयुक्त चुनाव चिह्नको खोजी भइरहेको एमाले स्रोतले जनाएको छ । चुनाव चिह्न राख्ने विषयमा नेताले विभिन्न सुझाव दिइरहेका छन् । नयाँ दल दर्ता भए पनि माओवादी केन्द्रसँग पार्टी एकीकरण नहुने तर कार्यगत एकता गरेर अघि बढ्न सकिने सो समूहका नेताले बताए । यो समाचार राजधानी दैनिकमा छ ।

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…