अब ‘नो मास्क,’ ‘नो इन्ट्री’

काठमाडौं । सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रुलाई अबदेखि ‘नो इन्ट्री’ गरिनेछ । कोरोना नयाँ प्रजाति तीव्र फैलिएसँगै यातायात व्यवसायीले मास्क नलगाउने यात्रुलाई गाडीमा नचढाउने निर्णय गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ महासचिव सरोज सिटौलाले मास्क नलगाउनेले सार्वजनिक सवारी साधन चढ्न नपाउने जानकारी दिए । महासंघ वरिष्ठ उपाध्यक्षलाई समेत ‘कोभिड पोजेटिभ देखिएको’ भन्दै उनले ‘नयाँ प्रजाति जताततै फैलिएकाले न्यूनीकरणमा सहज होस्’ भनेर बिनामास्क यात्रुलाई गाडीमा नचढाउने प्रस्ट पारे ।

सार्वजनिक यातायातमा ‘नो मास्क, नो इन्ट्री’ व्यवस्था लागू भएको सिटौलाले राजधानीसँग बताए । ‘अबदेखि मास्क नलगाउनेले गाडीमा चढ्न पाउने छैनन्,’ उनले भने, ‘यसको जिम्मेवारी स्वयं मास्क नलगाउने हुनुपर्नेछ, यो जानकारी सबैलाई गराउन चाहन्छु ।’

यातायात व्यवसायीले आफूहरूले मात्र सतकर्ता अपनाएर कोरोना प्रकोप न्यूनीकरण गर्न नसकिने भन्दै यात्रुदेखि सम्बन्धित निकायसमेत भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

कोभिड नियन्त्रण तथा रोकथाम विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, यातायात व्यवसायीसहित सरोकारवाला निकायबीच छलफल भएको छ । छलफलले सरोकारवाला निकायले कोभिड नियन्त्रणका लागि आ–आफ्नो ठाउँबाट भूमिका निभाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क अनिवार्य गर्न, सवारी साधनभित्र सेनिटाइजर व्यवस्था गर्न निर्देशन दिएको छ । लामो दूरीको यातायातमा बीचबाटोमा थप यात्रु नचढाउनसमेत उसले आग्रह गरेको छ ।

प्रशासनले ‘सार्वजनिक यातायातमा यात्रुले मास्क नलगाई आए चालक वा सहचालकले बढीमा १० रुपैयाँ लिएर मास्क उपलब्ध गराउन’ आग्रह गरेको छ ।

महासंघ महासचिव सिटौलाका अनुसार यातायात आफूहरू सचेत रहेको बताउँदै यात्रु तथा सरकारले पनि दायित्व निर्वाह गर्नुपर्छ । बढी भीडभाड हुने ठाउँमा स्प्रे गर्नुपर्ने, भीडभाड बढी हुने ठाउँ, बसस्टप तथा बसपार्कमा साबुनपानी व्यवस्था गर्नुपर्नेतिर स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको जोड छ ।

‘सवारी साधन पटक–पटक धुनुपर्ने भनिएकोमा पानी अभाव छ, त्यसको सरकारले व्यवस्था गरिदिनुपर्छ,’ सिटौला भन्छन्, ‘मेलम्चीको पानी आएको छ, सरकारले चाँडै गाडी धुने ठाउँ व्यवस्था गर्नुपर्छ ।’

पछिल्लोपटक कोरोना भाइरसको नयाँ प्रजातिको प्रकोप निकै बढेर गएपछि सरकारले सार्वजनिक यातायात क्षेत्रमा खासै आवश्यक सतर्कता अपनाएको देखिँदैन ।

सरकारले एक महिना काठमाडौं उपत्यकासहित दर्जनभन्दा बढी सहरमा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिसकेको छ । सार्वजनिक यातायातमा भने सामाजिक दूरी कायम गराउनेलगायतमा ढिलासुस्ती भइरहेको पाइएको छ ।

भर्खरै प्रकाशित

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…

निशा घिमिरेको स्वास्थ्यमा धेरै सुधार : ह्विल चेयरमा बस्न सक्ने…

काठमाडौं । उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै अवस्थामा सुधार आइरहेको जानकारी दिएको हो । अस्पतालले मंगलबार…