एमाले प्रदेश सांसदको स्पष्टीकरण : झुक्किएर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन पुगेछु

काठमाडौं । नेकपा एमालेकी कर्णाली प्रदेश सभा सदस्य देवी ओलीले आफू झुक्किएर मुख्यमन्त्री महेन्द्र शाहीलाई विश्वासको मत दिन पुगेको स्पष्टीकरण दिएकी छन् ।

स्पष्टिकरण दिदै प्रदेश सभा सदस्य ओलीले भनेकी छन्, ‘मतदानका लागि लाइनमा उभिने क्रममा म झुक्किएर विश्वासको मतको पक्षको लाइनमा उभिन पुगेछु । थाहा पाउने वित्तिकै फर्किएर मुख्यमन्त्री माननीय महेन्द्र बहादुर शाहीको प्रस्तावका विपक्षमा हाम्रो पार्टी नेकपा एमालेको प्रदेश संसदीय दलको बैठकको निर्णय र ह्वीप अनुसार नै मतदान गरेको स्पष्ट गर्दछु ।’

कर्णाली प्रदेशकी एमाले सांसद देवी ओलीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेकी थिइन् । सभामुख राजबहादुर शाहीले मत सच्याउन चाहने सांसद तीन मिनेट समय दिएका थिए ।

सभामुखले दिएको समयभित्रै सांसद ओलीले आफ्नो मत सच्याइन् । उनले शाहीको पक्षमा दिएको मत फिर्ता नलिएको भए मुख्यमन्त्रीको पक्षमा २३ मत पुग्ने थियो । उनले फिर्ता लिएपछि शाहीको पक्षमा खसेको मत संख्या २२ मा सीमित रह्यो ।

एमाले खनाल-नेपाल समूहले बोलायो सांसदहरुको आकस्मिक बैठक

अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्ने संकेत दिएपछि नेकपा एमाले झलनाथ खनाल-माधवकुमार नेपाल समूहले सांसदहरुको आकस्मिक बैठक बोलाएको छ । नेता भीम रावलका अनुसार नयाँ बानेश्वरस्थित अर्याल होटेल उक्त समूहको बैठक सुरु भएको हो ।

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै एमालेले माधव नेपाल र झलनाथ खनालसहित २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोधेको थियो । कांग्रेसको नेतृत्वमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी हुँदा नेपाल पक्षले ‘फ्लोर क्रस’ गर्न सक्ने भन्दै एमालेले २७ सांसदलाई स्पष्टीकरण सोधेको हो । एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार उनीहरूलाई स्पष्टीकरण पत्र पठाइसकिएको जानकारी दिए ।

भट्टराईका अनुसार उनीहरुलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ । संघीय सांसदलाई पठाइएको पत्रमा छुट्टै राजनीतिक दलको अभ्यास गरेको भन्दै ‘तपाईंलाई संघीय संसद् सदस्यबाट किन नहटाउने ?’ भनेर सोधिएको छ ।

स्पष्टीकरण सोधिनेमध्येमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, झपट रावल, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, नीरादेवी जैरु, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, मुकुन्द न्यौपाने छन् ।

सोमबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्न लगाउने नेता नेपालसहित चार र फ्लोर क्रस गर्ने चार सांसदलाई अन्तिम चेतावनियुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…