अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन : जुनसुकै बेला निर्वाचन हुन सक्छ

६ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने बताएका छन् । संसद पुनर्स्थापना भएपनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्या समाधान हुने सम्भावना एकदमै कम रहेको उनले बताए ।

सोमबार बालुवाटारमा बसेको पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले अध्यक्ष ओलीका राजनीतिक प्रतिवेदन पास गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापना भएपनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्याहरुको समाधान हुने सम्भावना एकदमै कम देखिएको निष्कर्ष प्रतिवेदनमा रहेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

उनका अनुसार प्रतिवेदनमा नेकपाको तीन वर्षे कार्यकालको समीक्षा समेत गरिएको छ । पार्टी एकीकरणको मनसाय सही भएपनि केही गलत प्रवृत्ति र पात्रहरुका कारण एकीकरण असफल भएको ओलीको निष्कर्ष छ । सर्वोच्च अदालतले कानूनी हिसाबले पार्टी एकता टुंग्याएको भएपनि राजनीतिक र संगठनात्मक रुपमा पहिल्यै विभाजित भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रवक्ता ज्ञवालीका अनुसार सरकारको कामको समीक्षा गर्दै प्रतिवेदनमा धेरै प्रतिकूलताका बाबजुद महत्वपूर्ण उपलब्धी हासिल भएको राजनीतिक प्रतिवेदनको निष्कर्ष छ ।

पार्टी निर्माण तथा सुद्धीकरण र सवृद्धिको अभियानलाई तीव्रता दिने पार्टी आगामी कार्यभार भएको प्रतिवेदनमा उल्लेख छ । प्रवक्ता ज्ञवालीले भने, ‘तेस्रामा कुनै पनि बेला निर्वाचनमा जानु पर्ने भएकाले तम्तयार हुन पार्टी पङ्तीलाई आह्वान गरिएको छ ।’

पार्टीमा विभाजनकारी गतिविधि बन्द गर्न र पार्टी एकतामा आउन आह्वान गर्न आह्वान गरिएको छ । ‘अहिले विभाजनकारी गतिविधिमा लागेका नेताहरुले अन्तिम विनाश हुनुभन्दा अगाडि आफैंले आफैंलाई गम्भीरतापूर्वक रिभ्यु गर्नुस् र गलत बाटो छोड्नुस भन्ने हाम्रो आश्य छ।’ प्रवक्ता ज्ञवालीले भनेका छन् ।

बैठकले संठनात्मक प्रतिवेदन पास गरेको छ, जसमा साउनमा विधान सम्मेलन गर्ने समेत कार्यतालिका छ । जेठ मसान्तभित्र सबै कमिटीलाई पुनर्गठन गरिसक्ने, असारमा सदस्यता नवीकरण गरिसक्ने, भदौमा वडा–पालिका र जिल्ला तथा असोजमा प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनेको प्रवक्त ज्ञवालीले जानकारी दिए ।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…