लुम्बिनी प्रदेशमा भर्खरै नियुक्त भएका मन्त्रीलाई सरकारबाट फिर्ता हुन जसपाको निर्देशन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पार्टी निर्णय विपरीत लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिएको भन्दै ४ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गर्दै नवनियुक्त मन्त्रीहरु विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई यथाशिघ्र सरकारबाट फिर्ता हुन निर्देशन दिँदै स्पष्टीकरण माग गरेका हुन् ।

साथै चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि यादवले चेतावनी दिएका छन् । उनीहरुलाई कारवाही गर्ने तयारी भइरहेको जसपा नेपालका कार्यकारिणी सदस्य दानबहादुर चौधरीले बताए ।

उनले भने, ‘भोलि कानुन व्यवसायीसँग सल्लाह गरेर प्रदेश कमिटीको बैठक बसाएर कारवाहीको प्रकृया अगाडि बढाउनेछौँ । स्पष्टीकरणको जवाफ आइसकेपछि त्यसको आधारमा कारवाही गरिनेछ ।’ उनीहरुलाई कारवाहीको प्रकृया अगाडि बढाउन पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले निर्देशन दिएको आधारमा प्रकृया सुरु गरिएको उनले बताए ।

यता, जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुले जसपा नेपालका नव नियुक्त मन्त्रीहरुलाई बधाई तथा कार्यकालको शुभकामना दिइरहेका छन् । चार जनामध्ये तत्कालिन समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयबहादुर यादव र सुमन रायमाझी प्रदेश सांसद हुन् भने कल्पना पाण्डे तत्कालिन राजपा नेपालका प्रदेश सांसद हुन् ।

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…